सरकारको प्राथमिकता निर्वाचन, सुशासन र भ्रष्टाचार नियन्त्रण : सञ्चारमन्त्री खरेल

सफल खबर संवाददाता

मंगलबार, १८ कार्तिक २०८२, १९ : १२
सरकारको प्राथमिकता निर्वाचन, सुशासन र भ्रष्टाचार नियन्त्रण : सञ्चारमन्त्री खरेल

काठमाडौँ । नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारको उच्च प्राथमिकता निर्वाचन, सुशासन र भ्रष्टाचार नियन्त्रण रहेको बताएका छन् । 

मन्त्री खरेलले सबै तहबाट निर्वाचन राष्ट्रिय प्राथमिकतामा छ, यसमा द्विविधा नहोस् र निर्वाचनको वातावरण निर्माण गर्न सरकारदेखि सरोकारवाला सबै पक्ष क्रियाशील रहेको बताए ।  

नेपाल सरकारको स्वामित्वमा रहेका सञ्चार माध्यमका सम्पादकीय नेतात्वसँगको छलफलमा मन्त्री खरेलले भने, ‘‘ जेन जेड आन्दोलनको जगमा यो सरकार गठन भएको र २०८२ फागुन २१ मा तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न गरेर निर्वाचित नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ ।’’ 

प्रतिक्रिया दिनुहोस