काठमाडाैँ । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक आज पनि बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ८ बजे बैठक सुरु हुने नेता हरिबोल गजुरेलले जानकारी दिए ।
यसअघि हिजो बसेको बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एकीकृत समाजवादीसँगको एकताबारे ब्रिफिङ गरेका थिए । प्रचण्डले वामपन्थीबिच एकता र ध्रुवीकरण आजको ऐतिहासिक आवश्यकता भएकाले एकता प्रक्रिया नरोकिने बताएका थिए ।
तर नेता जनार्दन शर्माले प्रचण्डको ब्रिफिङप्रति असहमति व्यक्त गर्दै तीन पन्ने लिखित प्रस्ताव राखेर बाहिरिएका थिए । उनले वैचारिक स्पष्टता, विगतको समीक्षा र संगठनात्मक तयारी नगरी हतारमा एकता गर्न नहुने पक्षमा उभिएका थिए । हतारोको एकताले केही नेताहरूको व्यक्तिगत स्वार्थ पुरा हुने तर आम कम्युनिस्ट आन्दोलनका लागि प्रतिकुल परिणाम ल्याउने शर्माको निष्कर्ष थियो । त्यसैले एकीकृत समाजवादीसँगको एकता रोक्नुपर्ने उनको भनाइ थियो ।
कात्तिक १७ गते महाधिवेशन आयोजक समितिको बैठक बस्ने र १८ गते एकता घोषणाको तयारी भइरहेको छ । यस विषयमा आजको बैठकले औपचारिक निर्णय गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ कार्तिक २०८२, ०६ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन