भक्तपुर। दुई महिना अगाडि घरबाट हराएकी एक महिलाको जङ्गलमा टाउको छिनेको अवस्थामा आज शव फेला छ । मध्यपुरथिमि नगरपालिका–४ तसीटोलस्थित बालकुमारी सामुदायिक वनमा घाँस काट्न गएकी महिलाले टाउको छिनेको शव देखेपछि प्रहरीलाई खबर गरेकी जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए ।
दुई महिनाअगाडि हराएकी महिलाकी शवको कङ्काल मध्यपुरथिमिको जङ्गलमा भेटिएको उनले जानकारी दिए । पाठकका अनुसार कङ्कालमा भेटिएको लुगाका आधारमा शवको पहिचान गरिएको हो । ‘उक्त शव सूर्यविनायक नगपालिका–२, बालकोटस्थित बङ्गलामुखी बस्ने ६१ वर्षीय परमेश्वरी दाहालको रहेको परिवारले पहिचान गरेको छ,’ उनले भने ।
मृतककी छोरी जानुका दाहालले गत साउन १० गते आमा हराएको भन्दै प्रहरीवृत्त थिमिमा जाहेरी दिएकी थिइन् । शव परीक्षणका लागि काठमाडौं मेडिकल कलेज दुवाकोटमा पठाइएको जनाउँदै प्रनाउ पाठकले घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० भदौ २०८०, १६ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गंगा दाहालको घरमा जलेको अवस्थामा भेटियो शव
अटो दुर्घटनामा वेपत्ता यात्रुहरु मध्ये २ जनाको शव फेला
सुटकेशभित्र एक महिलाको शव फेला
मर्स्याङ्दी किनारमा शव फेला
नवलपरासीमा बेवारिसे शव भेटियो
धादिङको त्रिशूली नदीमा २ जनाको शव फेला