काठमाडौँ । काठमाडौँ र ललितपुरमा दुई जना मृत भेटिएका छन्। काठमाडौँको दक्षिणकाली नगरपालिका–१ नौमूलेमा एक व्यक्ति मृत भेटिएका हुन्।
नौमूले कृषि फर्म तथा रेस्टुरेन्टमा कीर्तिपुर नगरपालिका–५ भण्डारी गाउँ बस्ने ४६ वर्षीय विपिन बस्नेत मृत भेटिएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए। उनका अनुसार मृत्युको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
ललितपुर महानगरपालिका–२२ फर्सीडोल खोइचास्थित बाँसघारीमा एक पुरुष पनि मृत भेटिएका प्रहरीले जनाएको छ। अन्दाजी ४०/ ४२ वर्षीय पुरुष मृत भेटिएका र घटनाका सम्बन्धमा पनि अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ कार्तिक २०८२, ०७ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्रीले बोके इन्स्पेक्टर लामाको शव
इरानको आक्रमणमा परी ज्यान गुमाएका श्रेष्ठको शव परिवारलाई हस्तान्तरण
खोलामा शव फेला, दुई जना पक्राउ
इजरायललाई थप दुई बन्धकको शव हस्तान्तरण
विपिन जोशीको शव भोलि काठमाडौँ ल्याइँदै
गंगा दाहालको घरमा जलेको अवस्थामा भेटियो शव