काठमाडौँ र ललितपुरमा २ जनाको शव फेला

सफल खबर संवाददाता

विहीबार, १३ कार्तिक २०८२, ०७ : ०३
काठमाडौँ र ललितपुरमा २ जनाको शव फेला

काठमाडौँ । काठमाडौँ र ललितपुरमा दुई जना मृत भेटिएका छन्। काठमाडौँको दक्षिणकाली नगरपालिका–१ नौमूलेमा एक व्यक्ति मृत भेटिएका हुन्।

नौमूले कृषि फर्म तथा रेस्टुरेन्टमा कीर्तिपुर नगरपालिका–५ भण्डारी गाउँ बस्ने ४६ वर्षीय विपिन बस्नेत मृत भेटिएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए। उनका अनुसार मृत्युको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। 

ललितपुर महानगरपालिका–२२ फर्सीडोल खोइचास्थित बाँसघारीमा एक पुरुष पनि मृत भेटिएका प्रहरीले जनाएको छ। अन्दाजी ४०/ ४२ वर्षीय पुरुष मृत भेटिएका र घटनाका सम्बन्धमा पनि अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस