काठमाडौँ । इजरायलमा मारिएका कञ्चनपुरका विपिन जोशीको शव सोमबार नेपाल ल्याइँदै छ।
परराष्ट्र मन्त्रालयका अनुसार उनको शव फ्लाई दुबईको विमानमार्फत काठमाडौँ ल्याउन लागिएको हो। सो विमान दिउँसो काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको छ ।
विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू र परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि सहभागी हुने तयारी छ। अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए। त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ कार्तिक २०८२, १४ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपिन जोशीका आमा र बहिनी स्वदेश फर्किए
विपिनको शव नेपाल ल्याउने प्रक्रिया सुरु
हमासले इजरायललाई दियो विपिन जोशीको शव
विपिन जोशीको मृत्यु भइसकेको हमासले गर्यो पुष्टि
इजरायली सेनाका अधिकारीले दिए विपिन जोशी जीवित नरहेको जानकारी
आज रिहा होलान् त विपिन जोशी ?