काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ७४ अंकको सुधार आएको छ । गत साताको विहीबार १९३२ अंकमा पुगेर थामिएको नेप्से यो साता निरन्तर बढ्दै २००७ अंकमा पुगेर रोकिएको हो ।
सातामा ४ दिन मात्रै कारोबार भएको नेप्से परिसूचक आइतबार १०.२३ अंकले बढेर बन्द भएको थियो । यसबाहेक, सोमबार ४४ अंकले बढेको थियो भने मंगलबार १९ अंक घटेर बन्द भएको थियो । यस्तै, अन्तिम कारोबार दिन बुधबार ३९ अंकले बढेर २००७ अंकमा पुगेर रोकिएको हो ।
यो साता नेप्सेमा ६ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन, प्रतिकारोबार दिन औषतमा १ अर्ब ५० करोड रुपैयाँ हुन आउँछ । साताको अन्तिम कारोबार दिन विहीबार भने सार्वजनिक विदा परेकाले कारोबार भएन ।यो साता नेप्सेमा ४ करोड कित्ता सेयर सूचीकृत भएको छ भने शुभ्म पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० भदौ २०८०, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारमा ३४ अङ्कको वृद्धि, ९ अर्ब ४१ करोडको कारोबार
नेप्सेमा दाहाेराे अंककाे गिरावट !
सेयर बजार १ प्रतिशत बढ्यो, ११ अर्ब ४१ करोडको कारोबार
सेयर बजार उच्चतम अंकमा, ९ अर्ब ६८ करोडको कारोबार
नेप्से परिसूचक २७०० माथि, कारोबार रकम ७ अर्ब ४५ करोड
नेप्से परिसूचक झिनो अंकले घट्यो