काठमाडौ । डडेल्धुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको मेलखर्कमा अत्तरियाबाट डोटीतर्फ जाँदै गरेको अटोरिक्सा गएराति दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता एवम प्रहरी निरीक्षक कुसुम नायकका अनुसार अटोमा तीन जना सवार थिए।
त्यसमध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महरा रहेका प्रहरी निरीक्षक नायकले जानकारी दिए।
अटोरिक्सामा सवार वीरबहादुर कुँवर घाइते भएका छन्। उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारण खुलेको छैन।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ भदौ २०८०, ०७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा बस र कार ठोकिँदा बसमा सवार १ महिलाको मृत्यु, ९ जना घाइते
मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु
नवलपरासीमा बसको ठक्करबाट एकको मृत्यु, दुई जना घाइते
मुग्लिङ-नारायणगढ सडक खण्डमा ७ वटा गाडी एकआपसमा ठोक्किए
डोटीमा जिप दुर्घटना, एक महिलाको मृत्यु
ट्रक दुर्घटनामा २ घाइते