काठमाडौ । डडेल्धुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको मेलखर्कमा अत्तरियाबाट डोटीतर्फ जाँदै गरेको अटोरिक्सा गएराति दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता एवम प्रहरी निरीक्षक कुसुम नायकका अनुसार अटोमा तीन जना सवार थिए।
त्यसमध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महरा रहेका प्रहरी निरीक्षक नायकले जानकारी दिए।
अटोरिक्सामा सवार वीरबहादुर कुँवर घाइते भएका छन्। उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारण खुलेको छैन।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ भदौ २०८०, ०७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरमा उद्धार
बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
विराटनगरमा दुर्घटना भएको गाडीबाट ४२० किलो गाँजा बरामद
रौतहटमा मोटरसाइकल दुर्घटना : श्रीमान्–श्रीमतीको मृत्यु
सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
ललितपुरको कोन्ज्योसोममा ट्रक दुर्घटना, ४ जनाको मृत्यु