काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति दुःख व्यक्त गरेका छन्।
मंगलबार बिहान सामाजिक सञ्जालमार्फत् अध्यक्ष ओलीले संविधानसभाका पूर्व अध्यक्ष तथा सभामुख नेम्वाङको निधनप्रति दुःख व्यक्त गरेका हुन्।
ओलीले आफ्नो लागि पार्टी उपाध्यक्ष नेम्वाङ हितैषी मित्र र सुख दुःखको साथीसमेत भएको बताएका छन्।
‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो,’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्याउनु भएको योगदान सधैं सम्झिरहने छौँ। मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली ! उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। श्रद्धाञ्जली सुवासजी !’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ भदौ २०८०, ०९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापा- ५ को मतपरिणाम : २३ सय गणना हुँदा केपी ओली भन्दा बालेन हजार मतले अगाडि
मध्यपूर्वमा बर्सिएका मिसाइलको धुवाँले निदाउन सकिनँ : केपी ओली
जेनजी आन्दोलनका बारेमा एकाएक किन नरम देखिए ओली ?
संसद पुनःस्थापना वा निर्वाचन अदालतले निर्वाचनअघि नै फैसला गरोस्ः अध्यक्ष ओली
जेनजी आन्दोलनपछि पहिलो पटक झापा जाँदै ओली
दिनमा कम्तीमा १० वटा स्ट्याटस लेख्न कार्यकर्तालाई ओलीको निर्देशन