काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति दुःख व्यक्त गरेका छन्।
मंगलबार बिहान सामाजिक सञ्जालमार्फत् अध्यक्ष ओलीले संविधानसभाका पूर्व अध्यक्ष तथा सभामुख नेम्वाङको निधनप्रति दुःख व्यक्त गरेका हुन्।
ओलीले आफ्नो लागि पार्टी उपाध्यक्ष नेम्वाङ हितैषी मित्र र सुख दुःखको साथीसमेत भएको बताएका छन्।
‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो,’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्याउनु भएको योगदान सधैं सम्झिरहने छौँ। मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली ! उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। श्रद्धाञ्जली सुवासजी !’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ भदौ २०८०, ०९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुख्यमन्त्री यादवविरुद्धको रिटमा सर्वोच्चकाे आदेश संविधान विपरीत : केपी ओली
दुई साताभित्रै ओली-लेखकसँग बयान लिने जाँचबुझ आयोगको तयारी
माधव नेपाल र भीम रावलको अवस्था देखाउँदै ओलीको घुमाउरो चेतावनी : 'आफुसँग प्रतिस्पर्धा गरे उनिहरुकै हालत'
मेरो सरकार हुँदा अहिलेजस्तो खुलेआम भ्रष्टाचार थिएन: ओली
‘जेन जेड आन्दोलन कुनै क्रान्ति होइन, उपद्रव हो’: केपी ओली
ओलीलाई भेट्न गुन्डु पुगे रामकुमारी झांक्रीसहितका नेताहरू