काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोसी प्रदेश अन्तर्गतका पालिकामा खटाइएका केन्द्रीय नेतालाई प्रशिक्षण दिन लागेको छ । सङ्गठन विस्तार तथा सुदृढीकरण योजना तर्जुमा बैठकले कोसी प्रदेशका १३७ वटै पालिका गठन, पुनर्गठनका लागि केन्द्रीय नेताहरुलाई जिम्मेवारी तोकेको छ ।
जिम्मेवारी प्राप्त केन्द्रीय समितिका सदस्य, केन्द्रीय निकायका पदाधिकारी तथा सदस्यहरुलाई भोलि प्रशिक्षण दिन लागिएको हो ।इटहरीस्थित पार्टीको प्रदेश कार्यालयमा पार्टीका अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् कोसी प्रदेशका इन्चार्ज रकम चेम्जोङ लगायतले प्रशिक्षण दिनेछन् ।
प्रशिक्षण बिहान ११ बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ भदौ २०८०, २० : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै