काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका श्रम गन्तव्य देशका नेपाली राजदूत र कूटनीतिक नियोगका प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन् । श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्ने उद्देश्यले दुई दिने बैठक आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकको अध्यक्षता स्वयं प्रधानमन्त्री प्रचण्डले गर्नेछन् । छलफलमा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयको सक्रिय सहभागिता रहनेछ। बैठक आज (सोमबार) र भोलि (मंगलबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा चल्नेछ।
श्रम आप्रवासनका सवाल र कुटनीतिक नियोगको भूमिकाका विषयमा बैठकमा छलफल हुने सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठकले श्रम स्वीकृतिदेखि कार्यस्थलसम्म नेपाली श्रमिकले भोगेका समस्या र त्यसको समाधानको उपाय निकाल्ने विश्वास छ ।
प्रधानमन्त्रीको पहलमा पहिलो पटक हुन लागेको यसप्रकारको बैठकले सुरक्षित श्रम गन्तव्यको लागि आवश्यक कानुनी र संरचनात्मक सुधारको बाटो पहिल्याउने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ भदौ २०८०, ०८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री आज स्पेन जाँदै, प्रतिनिधिमण्डलमा २९ जना
प्रधानमन्त्रीको स्पेन भ्रमणको तयारी पूरा
सिमकोट छिट्टै राष्ट्रिय सडक सञ्जालसँग जोडिने छ : प्रधानमन्त्री
प्रधानमन्त्री ओली शनिबार स्पेनको औपचारिक भ्रमणमा जाँदै, यस्तो छ तालिका
प्रधानमन्त्रीलाई सहकारी महासंघको ध्यानाकर्षण
प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान