काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका श्रम गन्तव्य देशका नेपाली राजदूत र कूटनीतिक नियोगका प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन् । श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्ने उद्देश्यले दुई दिने बैठक आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकको अध्यक्षता स्वयं प्रधानमन्त्री प्रचण्डले गर्नेछन् । छलफलमा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयको सक्रिय सहभागिता रहनेछ। बैठक आज (सोमबार) र भोलि (मंगलबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा चल्नेछ।
श्रम आप्रवासनका सवाल र कुटनीतिक नियोगको भूमिकाका विषयमा बैठकमा छलफल हुने सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठकले श्रम स्वीकृतिदेखि कार्यस्थलसम्म नेपाली श्रमिकले भोगेका समस्या र त्यसको समाधानको उपाय निकाल्ने विश्वास छ ।
प्रधानमन्त्रीको पहलमा पहिलो पटक हुन लागेको यसप्रकारको बैठकले सुरक्षित श्रम गन्तव्यको लागि आवश्यक कानुनी र संरचनात्मक सुधारको बाटो पहिल्याउने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ भदौ २०८०, ०८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति