काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार १०.२३ अंकले बढेको छ । बजार १९४२.६८ विन्दुमा पुगेर रोकियो । यो ०.५२ प्रतिशतको वृद्धि हो ।
आइतबार २७६ धितोपत्रको ३३ हजार ६४ वटा कारोबारबाट ४३ लाख १४ हजार ४१७ कित्ता सेयर किनबेच भएको छ । आइतबार १ अर्ब ७ करोड २२ लाख १२ हजार ४१८ रुपैयाँको कारोबार भएको छ ।
आइतबार जलविद्युतबाहेक सबै उपसूचकहरु बढेको छ । आइतबार सूर्योदय वामी लघुवित्त, सुभम पावर, न्यादी हाइड्रो, मेन्छियाम हाइड्रोको सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ ।
हिमाल दोलखा हाइड्रोका लगानीकर्ताले सर्वाधिक ७.८१ प्रतिशतले गुमाए । मन्जुश्री फाइनान्स डिभेञ्चर, सिंगटी हाइड्रोसहितका धितोपत्रको मूल्य समेत धेरैले घटेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ भदौ २०८०, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो सेयर बजार, सबै सूचक ओर्लिए
नेप्से परिसूचक ८ अंकले घट्यो
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो
बढ्यो सेयर बजार, करिब ६ अर्बको कारोबार