काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कोशीमा सबै दल मिलेर सरकार बनाउने वा निर्वाचनमा जानेमध्ये एक गर्नुको विकल्प नभएको बताएका छन् । आज (शनिबार) पार्टीनिकट ट्रेड युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो सुझाएका हुन् । उनले कोशीमा निर्वाचन भए आफ्नो दलले अहिलेको भन्दा दोब्बर सिट संख्या जित्ने पनि दाबी गरे ।
उनले भने,‘कोशीमा यसबीचमा कतिवटा सरकार बनिसक्यो ? पहिले एक मुख्यमन्त्री थिए । उनले राजीनामा दिए । फेरि अर्को मुख्मन्त्री भए । अब कहिलेसम्म यस्तो चल्ने हो थाहा छैन । किन यस्तो भइरहेको छ ? किनकी निर्वाचन प्रणाली हो । बराबर मत हुने भएपछि यस्तो अवस्था आइरहेको छ । यस्तो जटिल अवस्थामा दुई वटा समाधान छन् कि मिलेर जानु कि निर्वाचनमा जाने ।’
तर, अहिलेपनि देशमा समस्या पर्दा आफ्नो पार्टीलाई खोज्ने गरिएको उल्लेख गर्दै कोशीमा एमालेका हिक्मत कार्की मुख्यमन्त्रीमा नियुक्त भएसँगै आफूहरुलाई मिलेर जान भनिएको स्मरण गराए । आफ्नो पार्टीसँग व्यक्तित्व र इतिहासको धरोहर भएको दाबी उनको भनाई छ । अहिले एकीकृत समाजवादीप्रति भरोसा बढेको नेपालको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ भदौ २०८०, १२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेनाको सुरक्षाबाट माधव नेपाल पनि निस्किए
‘जेन जेडको माग संविधानको खारेजी र संसद्को विघटन थिएन’: माधव नेपाल
हाम्रो पार्टीको अहिलेको ठूलो समस्या ओली हुन्: माधव नेपाल
‘नेपालको कम्युनिस्ट आन्दोलन संकटको अवस्थामा’: माधव नेपाल
दक्षिणपन्थी नीति, व्यक्तिवाद, अहंकारवादविरुद्ध हाम्रो विद्रोह: माधव नेपाल
यो पार्टीले गरिखाँदैन भन्नेलाई ठाउँ छैन, हाम्रो पार्टीको भविष्य छ : माधव नेपाल