बागमती । बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा ९५ पुल निर्माण गरेको छ । यातायात सेवा सहज गर्न पुल निर्माण गरिएका हुन् ।बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको निकायद्वारा प्रदेशको १३ जिल्लामा पुल निर्माण गरिएका हुन् । विसं २०७४ यता प्रदेश सरकारले ती पुल निर्माण सम्पन्न गरेको हो।
विगत ६ वर्षदेखि भौतिक पूर्वाधार कार्यालयबाट पक्की पुल, झोलुङ्गे पुल, सडक ढलान, कालोपत्रसहित सडक स्तरोन्नति, सडक मर्मत सम्भारलगायत काम भइरहेका सो मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहले जानकरी दिए । गत आवमा सो मन्त्रालय अन्तर्गतको निकायबाट २६ पुल निर्माण भएका थिए ।
प्रदेशमा विगत ६ वर्षमा १३ झोलुङ्गे पुल निर्माण गरिएका छन् । मन्त्रालयले गत आवमा दुई सय ८१ किमीसहित हालसम्म कूल एक हजार ४३ किमी सडकको नयाँ ट्र्याक खोल्ने काम गरेको प्रवक्ता सिंहले बताए ।
गत आव सम्ममा पटके मर्मत सम्भारतर्फ धुलो सडक एक हजार पाँच सय ८४ किमी मर्मत सम्भार गरिएको छ । गत आव सम्ममा हेरालुमार्फत एक हजार १७ किमी मर्मत सम्भार, नौ सय ३८ किमी सडक ग्राभेल स्तरोन्नति तथा छ सय ८० किमी सडक कालोपत्रसहित स्तरोन्नति गरिएको प्रवक्ता सिंहले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ भदौ २०८०, १६ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !
लामाका मन्त्री नियुक्त नगरे बागमतीका मुख्यमन्त्री बानियाँलाई पर्न सक्छ संकट
मुख्यमन्त्री बानियाँले साउन २७ मा विश्वासको मत लिने
बागमतीको मुख्यमन्त्रीमा इन्द्र बानियाँको दाबी पेस