काठमाडौँ। बागमती प्रदेश सरकारले प्रदेशभित्रको सञ्चालन हुने सवारी साधनको भाडादर समायोजना गरेको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै नयाँ भाडादर सार्वजनिक गरेको हो ।
यो काठमाडौँ उपत्यकाभित्र र काठमाडौँबाट बागमती प्रदेशभित्रका सहर-बस्तीमा सञ्चालन हुने सवारी साधनका लागि समायोजन गरिएको भाडादर हो ।
नयाँ व्यवस्था अनुसार काठमाडौँ उपत्यकाभित्र यात्रुवाहक सवारीमा २५.९६ प्रतिशत भाडा वृद्धि गरिएको छ। उपत्यका बाहिरका सवारीमा १७.३५ प्रतिशत, ट्याक्सी सेवामा १२.३९ प्रतिशत र मालवाहक सवारीमा २६.७९ प्रतिशतसम्म भाडा बढाइएको छ।
मन्त्रालयका अनुसार बजार मूल्यको उतारचढाव, इन्धन मूल्य वृद्धि र सञ्चालन लागत बढेका कारण भाडा समायोजन गरिएको हो। विद्युतीय माध्यमबाट सञ्चालन हुने यात्रुवाहक सवारी साधनको हकमा भने २०७९-०१-०१ देखि लागू गरिएको पुरानै भाडादर कायम रहने मन्त्रालयले जनाएको छ ।
एक प्रदेशभित्रको भाडादर प्रदेश सरकारले नै तोक्ने नियम छ । यसअघि अन्तर प्रदेश भाडा दर भने केन्द्रीय सरकारले तोकेर सार्वजनिक गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ चैत्र २०८२, ११ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश उपसभापति हुमागाईंदारा रास्वपा परित्याग गरेको घोषणा
बागमती प्रदेशमा धान उत्पादन वृद्धि