काठमाडौ । सडक दुर्घटनामा परेको दुई महिनापछि एकजना घाइतेको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर - ११ नवलपुरमा भएको बस दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा महोतरी जलेश्वर नगरापालिका - १ का ३२ बर्षीय राकेश पाण्डे छन्।
गत असार १५ गते शुक्रबार दिउँसो १ बजे नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको ना.६ ख ९८०४ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना भएको थियो। दुर्घटनामा परी ५२ जना यात्रु घाइते भएका थिए।
घाइतेमध्ये पाण्डेको टाउकोमा गम्भीर चोट लागेपछि हेटौंडाको चुरेहिल अस्पतालबाट भरतपुर रिफर गरिएको थियो।
करिब दुई महिना भन्दा बढी समयदेखि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा उनको उपचार हुँदै आएको थियो।
उपचारकै क्रममा आइतबार राति ८ बजेर १० मिनेटमा पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।
पाण्डेको शव पुरानो मेडिकल कजेलमै रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ भदौ २०८०, ०९ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङ बस दुर्घटनाप्रति कांग्रेस सभापति थापाबाट दुःख व्यक्त
धादिङ दुर्घटना अपडेट : मृतकको संख्या १७ पुग्यो, २८ जना घाइते
मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु, एक घाइते
दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरमा उद्धार
बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
विराटनगरमा दुर्घटना भएको गाडीबाट ४२० किलो गाँजा बरामद