काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर क्रिस भान होलेन र नेकपा एमालेका नेताहरुबीच भेटवार्ता भएको छ ।
आइतबार दिउँसो सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यायलमा भएको भेटवार्तामा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपमहासचिव विष्णु रिमाल, नेतृ अन्जान शाक्यलगायतको उपस्थिती रहेको थियो ।
त्यस्तै सिनेटर होलेनले आजै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग पनि भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा दुई जनाबीच भेटवार्ता भएको घिमिरेको सचिवालयले जनाएको छ ।
सिनेटर भान गत भदौ १५ गते नेपाल भ्रमणमा आएका थिए । उनले परराष्ट्रमनत्री एनपी साउदसँग पनि भेटवार्ता गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ भदौ २०८०, १६ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी