काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेस प्रदेश समितिका आठै जिल्लामा आज (आइतबार) विस्तारित बैठक बस्दै छ ।
पार्टी विस्तार तथा सुदृढिकरण अभियानबारे निर्णय गर्न बैठक आव्हान गरिएको हो । भदौ ११ गतेको मधेस प्रदेश कार्यकारिणी समितिको बैठकले प्रदेशका सबै जिल्लामा भदौ १७ गते आइतबार विस्तारित बैठक राख्ने निर्णय गरेको थियो।
विस्तारित बैठकको सहजीकरणका लागि प्रदेश बैठकले प्रदेश कार्यकारिणी समितिका पदाधिकारीहरुलाई जिम्मेवारी तोकेको छ । जसअनुसार सप्तरी जिल्लामा दिनेशकुमार यादव र शैलेश कुमार साह, सिराहामा रामसेवक यादव र रेणु यादव, धनुषामा ज्ञानेन्द्रकुमार यादव, अरुणकुमार देव र युसुफ अली, महोत्तरीमा निर्मला कुमारी यादव र जितेन्द्र कुमार यादवले जिम्मेवारी पाएका छन् ।
त्यस्तै सर्लाहीमा रामपृत पासवान र निरा कुमारी साह, रौतहटमा रामबाबु कुमार यादव र पुनीत राम, बारामा बृजमोहन तिवारी र पर्सामा सुशिल कुमार यादवलाई तोकिएको छ ।
बैठकमा जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरु, प्रदेश समितिका नेताहरु, जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरु, पालिका समितिका पदाधिकारीहरु, निर्वाचित जनप्रतिनिधिहरु, भ्रातृसंगठनका केन्द्रीय तथा जिल्ला समितिका पदाधिकारीहरुलाई उपस्थित हुने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ भदौ २०८०, ०८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै
समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा