काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भेपमार्फत नेपाल भित्रिएको ९ किलो सुन प्रकरणमा पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराको संलग्नता पुष्टि भए सरकारले नछोड्ने दाबी गरेका छन् ।
शनिवार ललितपुरमा माओवादी केन्द्रले थालेको तीन महिने विशेष अभियानको उद्घाटन गर्दै माओवादी भएकै कारण उनलाई नछाड्ने बताएका हुन् । उनले अपराध पुष्टि भएमा जुनसुकै तह, जुनसुकै पार्टीको र जोसुकै भए पनि कारबाही गरेर छाड्ने उनले जिकिर गरे ।
‘९ किलो सुन प्रकरणमा माओवादीको नेता जोडिएको कुरा आएको छ । जोसुकै होस्, जुनसुकै पार्टीको नेता होस् अपराधमा संलग्न भएको पुष्टि भए सरकारले छाड्दैन’, उनले भने, ‘माओवादीको नेतृत्वमा सरकार भएकाले आफूलाई चोख्याउँछ कि भन्ने शङ्का गरेको पाएको छु । कुनै शङ्का नगरे हुन्छ, कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी जुनसुकै पार्टीको जुनसुकै तहको नेता भए पनि सरकारले छाड्दैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ भदौ २०८०, १५ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन बिथोलिन दिँदैनौँः गृहमन्त्री अर्याल
गृहमन्त्रीद्वारा प्रहरी वृत्त बौद्ध र प्रभाग साँखुको अवलोकन
देशको सुरक्षा अवस्थालाई सामान्य बनाउन सरकार सफल : गृहमन्त्री अर्याल
गृहमन्त्रीलाई जेन-जीले भने- भदौ २३ र २४ गतेका घटनाका दोषीलाई कारबाही गर्नुस्
गृहमन्त्रीले बोलाए सुरक्षा समिति बैठक
मिथ्या सूचना नियमन गर्न गृहमन्त्रीको चासो