काठमाडौँ । नेकपा माओवादी केन्द्रका उप–महासचिव वर्षमान पुनले धर्मनिरपेक्षेतालाई परिमार्जन सहित व्यवस्थित गर्ने जिम्मा नेकपा माओवादी लिनुपर्ने बताएका छन् । जनतासँग माओवादी : विशेष रूपान्तरण अभियान अन्तर्गत काठमाडौँ महानगरपालिकाको वडा नम्बर २६ ले आयोजना गरेको कार्यक्रमलाई शनिबार बिहान सम्बोधन गर्दै पुनले आफ्नो पार्टीले देशमा धर्म निरपेक्षता ल्याए पनि त्यसलाई व्यवस्थित गर्न नसकेको टिप्पणी गरे । उनले त्यसलाई परिमार्जन गर्ने र व्यवस्थित गर्ने जिम्मा माओवादीकै भएको बताएका छन् ।
उनले भने, ‘धर्म निरपेक्षताको लागि लड्ने पार्टी हामी नै हौं । राज्य धर्मनिरपेक्षता भयो तर, यसलाई व्यवस्थित गर्ने जिम्मा पनि हाम्रो हो । मैले भन्दै थिए,अहिले जति उपलब्धिहरू भएका छन्,त्यसलाई फेरी परिमार्जन गर्ने जिम्मेवारी पनि माओवादी पार्टीको छ , यसलाई हामीले आत्मसाथ गर्नैपर्छ यसको जिम्मेवारी लिनै पर्छ।’
त्यस्तै उनले विचार विनाको पार्टीले देशलाई विकास गर्न नसक्ने भन्दै आफ्नो पार्टीले तय गरेको सार्वजनिक,निजी र सहकारीको तीन खम्बे नीतिबाट अगाडि बढ्नुपर्ने धारणा राखे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ भदौ २०८०, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डले फरक भूमिकाको प्रस्ताव गर्नुभएको छ : वर्षमान पुन
प्रचण्डले फरक भूमिकाको प्रस्ताव गर्नुभएको छ : वर्षमान पुन
जेनजी विद्रोहको पहिलो कारण कांग्रेस–एमाले गठबन्धन : वर्षमान पुन
बिचौलियाले प्रधानमन्त्री फेर्न थाले: वर्षमान पुन
संघीयताको आवधिक समीक्षा गर्ने बेला भयो : वर्षमान पुन
खेलाडीहरुले अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान उच्च बनाएका छन्ः वर्षमान पुन