काठमाडौँ । नेकपा माओवादी केन्द्रका उप–महासचिव वर्षमान पुनले धर्मनिरपेक्षेतालाई परिमार्जन सहित व्यवस्थित गर्ने जिम्मा नेकपा माओवादी लिनुपर्ने बताएका छन् । जनतासँग माओवादी : विशेष रूपान्तरण अभियान अन्तर्गत काठमाडौँ महानगरपालिकाको वडा नम्बर २६ ले आयोजना गरेको कार्यक्रमलाई शनिबार बिहान सम्बोधन गर्दै पुनले आफ्नो पार्टीले देशमा धर्म निरपेक्षता ल्याए पनि त्यसलाई व्यवस्थित गर्न नसकेको टिप्पणी गरे । उनले त्यसलाई परिमार्जन गर्ने र व्यवस्थित गर्ने जिम्मा माओवादीकै भएको बताएका छन् ।
उनले भने, ‘धर्म निरपेक्षताको लागि लड्ने पार्टी हामी नै हौं । राज्य धर्मनिरपेक्षता भयो तर, यसलाई व्यवस्थित गर्ने जिम्मा पनि हाम्रो हो । मैले भन्दै थिए,अहिले जति उपलब्धिहरू भएका छन्,त्यसलाई फेरी परिमार्जन गर्ने जिम्मेवारी पनि माओवादी पार्टीको छ , यसलाई हामीले आत्मसाथ गर्नैपर्छ यसको जिम्मेवारी लिनै पर्छ।’
त्यस्तै उनले विचार विनाको पार्टीले देशलाई विकास गर्न नसक्ने भन्दै आफ्नो पार्टीले तय गरेको सार्वजनिक,निजी र सहकारीको तीन खम्बे नीतिबाट अगाडि बढ्नुपर्ने धारणा राखे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ भदौ २०८०, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
संविधान संशोधनका नाममा जनताको अधिकार खोस्ने कोसिस देखियो : वर्षमान पुन
बजेटमा महत्वाकांक्षा धेरै, स्रोत र कार्यान्वयनमा गम्भीर प्रश्न : वर्षमान पुन
सामाजिक सञ्जालबाट आएको शक्ति चाँडै कोल्याप्स हुन्छ: वर्षमान पुन
सम्पती छानविन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने कुरा आपत्तिजनक छः वर्षमान पुन
संसदीय समितिमा सञ्चार माध्यमको पहुँच रोक्न नहुने वर्षमान पुनको धारणा