काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज गौर राजनीतिक घटनाको यथार्थ र सरकारको भूमिका विषयक विचार गोष्ठीको आयोजना गर्ने भएको छ ।
केही व्यक्तिहरूले गौर घटनालाई अतिरञ्जित गर्न थालेको बताउँदै यसबारे प्रकाश पार्न विचार गोष्ठीको आयोजना गरिएको पार्टीले जनाएको हो ।
दिउँसो १ः३० बजेको लागि तय गरिएको कार्यक्रमलाई उक्त घटनाका जानकार, पार्टीका नेता तथा बौद्धिक व्यक्तित्वहरूले सम्बोधन गर्ने छन् । टेकुस्थित मसला कटेज रेष्टुरेन्ट एण्ड लाउन्जमा आयोजना गरिएको कार्यक्रमको आयोजक पार्टीसम्बद्ध बौद्धिक पेसाकर्मी महासंघ, नेपाल रहेको छ ।
जसपा नेपाल गौर घटनाको विषयलाई लिएर निकै गम्भीर देखिएको छ । सरकारले गौर घटनाको बारेमा फाइल खोलेपछि आत्तिएको जसपाले सरकारमाथि दबाब बढाएको हो ।
पार्टीले एकतिर उच्च स्तरीय छानबिन आयोगको माग राखिरहेको छ भने अर्कोतिर अनुसन्धान प्रक्रियालाई स्थगित गराउन अप्रत्यक्ष रूपमा सरकारमाथि दबाब पनि बढाइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ भदौ २०८०, १० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै