काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज गौर राजनीतिक घटनाको यथार्थ र सरकारको भूमिका विषयक विचार गोष्ठीको आयोजना गर्ने भएको छ ।
केही व्यक्तिहरूले गौर घटनालाई अतिरञ्जित गर्न थालेको बताउँदै यसबारे प्रकाश पार्न विचार गोष्ठीको आयोजना गरिएको पार्टीले जनाएको हो ।
दिउँसो १ः३० बजेको लागि तय गरिएको कार्यक्रमलाई उक्त घटनाका जानकार, पार्टीका नेता तथा बौद्धिक व्यक्तित्वहरूले सम्बोधन गर्ने छन् । टेकुस्थित मसला कटेज रेष्टुरेन्ट एण्ड लाउन्जमा आयोजना गरिएको कार्यक्रमको आयोजक पार्टीसम्बद्ध बौद्धिक पेसाकर्मी महासंघ, नेपाल रहेको छ ।
जसपा नेपाल गौर घटनाको विषयलाई लिएर निकै गम्भीर देखिएको छ । सरकारले गौर घटनाको बारेमा फाइल खोलेपछि आत्तिएको जसपाले सरकारमाथि दबाब बढाएको हो ।
पार्टीले एकतिर उच्च स्तरीय छानबिन आयोगको माग राखिरहेको छ भने अर्कोतिर अनुसन्धान प्रक्रियालाई स्थगित गराउन अप्रत्यक्ष रूपमा सरकारमाथि दबाब पनि बढाइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ भदौ २०८०, १० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै
समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा