काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक २६ दशमलब ६६ अंकले घटेको छ । नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ ।
गत कारोबार दिन ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार २३२ रुपैयाँको शेयर कारोबार भएकोमा सोमबार उक्त रकम बढेर ४ अर्ब ७३ करोड ७६ लाख ८ हजार ८१० रुपैयाँ पुगेको छ । सोमबार २६५ वटा धितोपत्रको २ करोड ९ लाख ७९ हजार ९९७ कित्ता सेयर किनबेच भएको हो ।
सोमबार किसान लघुवित्तको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको नेप्सेले जनाएको छ । उक्त कम्पनीको शेयर मूल्य ८७१ रुपैयाँ २० पैसा पुगेको छ । यस्तै, नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य ५ दशमलव ९६ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ८०० रुपैयाँ कायम भएको छ ।
शेयर मूल्य सर्वाधिक घट्नेमा एनआइबिएल ग्रोथ फण्ड रहेको छ । उक्त योजनाको इकाइ मूल्य ६ दशमलव ९३ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रुपैयाँ ७३ पैसामा सीमित भएको छ । यस्तै, लिवर्टी इनर्जीको सेयरमूल्य ६ दशमलव २५ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २७० रुपैयाँमा झरेको छ ।
यसैगरी सोमबार नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता ८०० रुपैयाँमा २५ करोड ५६ लाख बराबरको सेयर कारोबार भएको हो । यो मूल्य अघिल्लो दिनको तुलनामा ५ दशमलव ९६ प्रतिशत बढेको हो ।
सर्वाधिक शेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा ग्लोबल आइएमई बैंक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता २३१ रुपैयाँमा १९ करोड १६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, सोमबार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड र अन्य समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ ।
सोमबार अन्य समूहको परिसूचक सर्वाधिक २.८७ प्रतिशतले बढेको छ । यस्तै, विकास बैंक समूहको परिसूचक सर्वाधिक ३ दशमलव ५० प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ साउन २०८०, १५ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार