काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड इटालीको रोममा २४ देखि २६ जुलाई (साउन ८–१०) सम्म हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले यससम्बन्धी निर्णय गरेसँगै परराष्ट्र मन्त्रालयले भ्रमणबारे थप जानकारी गराएको छ ।
मन्त्रालयका अनुसार प्रधानमन्त्रीको साथमा उनकी छोरी गंगा दाहाल, कृषि तथा पशुपन्छी विकास मन्त्री डा बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू भ्रमण टोलीमा सहभागी हुनेछन् ।
प्रधानमन्त्रीले २४ जुलाईमा सम्मेलनको आधिकारिक उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रमको क्रममा प्रधानमन्त्रीले खाद्य तथा कृषि सङ्गठन (एफएओ)का महानिर्देशक, विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका अध्यक्ष (डब्लुएफपी)लगायत उच्च तहका विशिष्ट व्यक्तिहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
यो बीचमा प्रधानमन्त्री गैरआवासीय नेपाली संघ, इटालीले आयोजना गर्ने कार्यक्रममा पनि सहभागी हुने तय भएको छ । सो क्रममा उनले इटालीमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन् ।
प्रधानमन्त्री इटाली भ्रमण सकेर साउन १२ गते स्वदेश फर्किनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ साउन २०८०, २० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सचिव र मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन: सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पार्नू
सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग आज छलफल गर्दै प्रधानमन्त्री
प्रधानमन्त्रीसँग एमाले नेता बर्तौलाको नोकझोक
बालुवाटारमा प्रधानमन्त्री र एमाले नेताबीच किन भयो भनाभन ?
'मलाई एउटा पनि कोही विदेशीले आएर यसो गर र नगर भनेको छैन' : प्रधानमन्त्री कार्की
प्रधानमन्त्रीले बोलाइन् दल र जेनजीसहितको संयुक्त बैठक