काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन बिहिबार झिनो अंकले घटेर बन्द भएको छ । आज नेप्से ०.०६ अंकले घटेर दुई हजार ४९ दशमलब ३८ विन्दुमा पुगेको छ । बुधबार नेप्से ३९.२६ अंकले घटेर दुई हजार ४९ दशमलब ४४ विन्दुमा झरेर बन्द भएको थियो ।
बजार घटेपनि कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । आज तीन अर्ब ७ करोड ७४ लाख बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा तीन अर्ब ७ करोड ३९ लाख बराबरको कारोबार भएको थियो । बजारमा कारोबार भएका ९० कम्पनीको शेयरमूल्य बढेको छ भने १२७ कम्पनीकोे शेयरमूल्य घटेको छ । आठ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सिटी होटल्सको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ६७७ दशमलव १० रुपैयाँ पुगेको छ । त्यस्तै, रावा इनर्जी डेभलपमेन्टको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३०१ दशमलव ६० रुपैयाँ पुगेको छ ।
आज सबैभन्दा बढी मोदी इनर्जी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज १८ करोड ५६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ असार २०८०, १५ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार