काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा आठवटा शीत भण्डार निर्माण गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्र्तगत शीतभण्डार निर्माण गरीएको हो । दुईवटा शीत भण्डार निर्माणको क्रममा छन् । कृषि उत्पादनका दृष्टिकोणले उत्कृष्ट रहेको यो प्रदेशभित्र ठूलो लगानीमा धेरै क्षमताका शीत भण्डार निर्माण गरिएका हुन् ।
मन्त्रालयले चितवनको सिमलटाँडीमा एक हजार पाँच सय मेट्रिक टन क्षमताको शीत भण्डार १३ करोड रुपैयाँको लागतमा निर्माण गरीएको जनाएको छ । धादिङको चरौदीमा सोही क्षमताको उत्तिकै लागतमा शीतभण्डार निर्माण गरिएको छ ।
यस्तै, रसुवाको कालिकास्थलमा चार करोड रुपैयाँको लागतमा ३ सय मेट्रिक टन क्षमताको, दोलखाको जिरीमा ५ करोड रुपैयाँको ५ सय मेट्रिक टन क्षमताको, रामेछापको मन्थलीमा ५ करोड रुपैयाँको लागतमा ५ सय मेट्रिक टन क्षमताको र सिन्धुपाल्चोकको इन्द्रावतीमा ५ करोड रुपैयाँको लागतमा ५ सय मेट्रिक टन क्षमताको शीत भण्डार निर्माण गरिएको छ ।
मन्त्रालयका अनुसार ती सबै शीत भण्डार साउनभित्र सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गर्ने बताईएको छ । नुवाकोटको बेलकोट र विदुरमा रु २०/२० करोडको लागतमा ५/५ हजार मेट्रिक टनका दुई शीत भण्डार निर्माणको क्रममा छन् ।
काभ्रेको आलु शीत भण्डारको अभावमा कपिलवस्तु पु¥याउनु पर्ने बाध्यता थियो । अहिले त्यो बाध्यता हटेको छ । तरकारी र फलफूल बिक्री नभएर सडकमा फाल्ने तथा लागतभन्दा सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता थियो । शीत भण्डार निर्माण पछि सबै समस्यता सामधान हुने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० असार २०८०, १२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत
बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !
लामाका मन्त्री नियुक्त नगरे बागमतीका मुख्यमन्त्री बानियाँलाई पर्न सक्छ संकट