काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा आठवटा शीत भण्डार निर्माण गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्र्तगत शीतभण्डार निर्माण गरीएको हो । दुईवटा शीत भण्डार निर्माणको क्रममा छन् । कृषि उत्पादनका दृष्टिकोणले उत्कृष्ट रहेको यो प्रदेशभित्र ठूलो लगानीमा धेरै क्षमताका शीत भण्डार निर्माण गरिएका हुन् ।
मन्त्रालयले चितवनको सिमलटाँडीमा एक हजार पाँच सय मेट्रिक टन क्षमताको शीत भण्डार १३ करोड रुपैयाँको लागतमा निर्माण गरीएको जनाएको छ । धादिङको चरौदीमा सोही क्षमताको उत्तिकै लागतमा शीतभण्डार निर्माण गरिएको छ ।
यस्तै, रसुवाको कालिकास्थलमा चार करोड रुपैयाँको लागतमा ३ सय मेट्रिक टन क्षमताको, दोलखाको जिरीमा ५ करोड रुपैयाँको ५ सय मेट्रिक टन क्षमताको, रामेछापको मन्थलीमा ५ करोड रुपैयाँको लागतमा ५ सय मेट्रिक टन क्षमताको र सिन्धुपाल्चोकको इन्द्रावतीमा ५ करोड रुपैयाँको लागतमा ५ सय मेट्रिक टन क्षमताको शीत भण्डार निर्माण गरिएको छ ।
मन्त्रालयका अनुसार ती सबै शीत भण्डार साउनभित्र सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गर्ने बताईएको छ । नुवाकोटको बेलकोट र विदुरमा रु २०/२० करोडको लागतमा ५/५ हजार मेट्रिक टनका दुई शीत भण्डार निर्माणको क्रममा छन् ।
काभ्रेको आलु शीत भण्डारको अभावमा कपिलवस्तु पु¥याउनु पर्ने बाध्यता थियो । अहिले त्यो बाध्यता हटेको छ । तरकारी र फलफूल बिक्री नभएर सडकमा फाल्ने तथा लागतभन्दा सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता थियो । शीत भण्डार निर्माण पछि सबै समस्यता सामधान हुने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० असार २०८०, १२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा
बागमती प्रदेश उपसभापति हुमागाईंदारा रास्वपा परित्याग गरेको घोषणा
बागमती प्रदेशमा धान उत्पादन वृद्धि
रास्वपाले बागमती प्रदेश सभापति लामिछानेलाई सोध्यो स्पष्टीकरण