काठमाडौँ । यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन उल्लेख्य देखिएको छ ।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार, दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार १२७, युरोपबाट ४० हजार ५००, ओसियाना छ हजार ८१४, अमेरिका १६ हजार ४०७, मध्यपूर्व तीन हजार ५४८, अफ्रिका ४४३ र अन्य देशबाट आठ हजार ४४४ पर्यटक नेपाल आएका छन् ।
बोर्डका अनुसार, गत जनवरीदेखि अक्टोबरस्म्म कूल नौ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल आएका छन् । अक्टोबरमा भारतबाट १७ हजार, २९८ पर्यटक नेपाल आएका थिए । यसैगरी अमेरिकाबाट १३ हजार २८६, बेलायतबाट आठ हजार ७१८, चीनबाट छ हजार ७५५, जर्मनीबाट छ हजार ३६६, अष्ट्रेलियाबाट छ हजार १७७ जना नेपाल भ्रमणमा आएका थिए ।
यसैगरी, श्रीलंकाबाट पाँच हजार ५३५, फ्रान्सबाट पाँच हजार ४५, बङ्गलादेशबाट चार हजार ६४१ र म्यानमारबाट तीन हजार ३८ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ कार्तिक २०८२, ११ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक
पर्यटकको आकर्षक केन्द्र बन्दै तालतलैया
पर्यटकलाई दुःख दिएको र लुटपाटको आरोपमा १३ जना पक्राउ
बन्दीपुरका होटलमा पर्यटक भरिभराउ, व्यवसायी उत्साहित
एक महिनामा एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए
तिलिचो बेस क्याम्पमा फसेका पर्यटकहरूको सशस्त्र प्रहरी बलको माउन्टेन रेस्क्यू टिमद्वारा सफल उद्धार