हेटौँडा । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा कांग्रेसको भागमा परेको ५ मन्त्रालयमा मन्त्री नियुक्तिको तयारी गरेका छन् । उनले कञ्चनचन्द्र वादे, सुरेश श्रेष्ठ, विनु रायमाझी, उर्मिला नेपाल र प्रभात तामाङलाई मन्त्रीमा सिफारिस गरेका हुन् । उनीहरूको शपथ ४ बजे हुने बताइएको छ ।
स्रोतका अनुसार श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय, नेपाललाई सामाजिक विकास मन्त्रालय, वादेलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, तामाङलाई आर्थिक मामिला मन्त्रालय, रायमाझीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र विनाविभागीय रहेका शिवराज अधिकारीलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको बताइएको छ । तर मन्त्रालय हेरफेर हुनसक्ने बताइएको छ । कांग्रेसबाट कृष्णकुमार तामाङ खानेपानी मन्त्री भइसकेका छन् ।
बहादुर सिंह लामाले सिफारिस गरेका ३ मन्त्री भने यो सूचीमा परेका छैनन् । एमालेबाट ६ मन्त्री नियुक्त भइसकेका छन् । साउन २० गते मुख्यमन्त्री बनेका बनेका बानियाँले साउन २७ गते विश्वासको मत लिएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ साउन २०८२, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा
बागमती प्रदेश उपसभापति हुमागाईंदारा रास्वपा परित्याग गरेको घोषणा