हेटौँडा । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा कांग्रेसको भागमा परेको ५ मन्त्रालयमा मन्त्री नियुक्तिको तयारी गरेका छन् । उनले कञ्चनचन्द्र वादे, सुरेश श्रेष्ठ, विनु रायमाझी, उर्मिला नेपाल र प्रभात तामाङलाई मन्त्रीमा सिफारिस गरेका हुन् । उनीहरूको शपथ ४ बजे हुने बताइएको छ ।
स्रोतका अनुसार श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय, नेपाललाई सामाजिक विकास मन्त्रालय, वादेलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, तामाङलाई आर्थिक मामिला मन्त्रालय, रायमाझीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र विनाविभागीय रहेका शिवराज अधिकारीलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको बताइएको छ । तर मन्त्रालय हेरफेर हुनसक्ने बताइएको छ । कांग्रेसबाट कृष्णकुमार तामाङ खानेपानी मन्त्री भइसकेका छन् ।
बहादुर सिंह लामाले सिफारिस गरेका ३ मन्त्री भने यो सूचीमा परेका छैनन् । एमालेबाट ६ मन्त्री नियुक्त भइसकेका छन् । साउन २० गते मुख्यमन्त्री बनेका बनेका बानियाँले साउन २७ गते विश्वासको मत लिएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० साउन २०८२, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !
लामाका मन्त्री नियुक्त नगरे बागमतीका मुख्यमन्त्री बानियाँलाई पर्न सक्छ संकट
मुख्यमन्त्री बानियाँले साउन २७ मा विश्वासको मत लिने
बागमतीको मुख्यमन्त्रीमा इन्द्र बानियाँको दाबी पेस
बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आव्हान
मुख्यमन्त्री लामालाई पदत्याग गर्न आग्रह