काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग गृहमन्त्री ओमप्रकाश अर्यालले भेट गरेका छन् । गृहमन्त्री अर्यालले नेपालका प्रथम राष्ट्रपति डा. यादवको ललितपुर बागडोलस्थित निवासमै पुगेर भेटवार्ता गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा निर्वाचनको वातावरण बनाउनका निम्ति विभिन्न पक्षसँग संवाद गर्ने क्रममा गृहमन्त्री अर्यालले डा. यादवसँग भेटवार्ता गरेका हुन्।
त्यसक्रममा गृहमन्त्री अर्यालले उनको स्वास्थ्य अवस्था, भदौ २३ र २४ गतेको घटनालगायत विषयमा कुराकानी र आवश्यक जानकारी लिएका थिए । उनले ‘जेन जेड’ प्रदर्शनको कार्यादेशअनुसार सरकारी सेवामा प्रभावकारिता र पारदर्शिता बढाउनेदेखि निर्वाचनको तयारीका लागि सरकारका तर्फबाट भइरहेका प्रयासबारे बारे जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ कार्तिक २०८२, २१ : ०२
लेखकबाट थप