काठमाडौं । नेकपा एमालेभित्र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन नदिने निर्णयका विरुद्द असन्तुष्टिको आक्रोश फैलँदो क्रममा छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले अबको महाधिवेशनमा पनि आफै अध्यक्षमा तेहरिन भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक लगाउने निर्णय लिएका थिए ।
जुन निर्णयका विरुद्द अहिले एमालेका तल्ला कमिटिहरुमा असन्तुष्टि बाक्लो मात्रामा देखिन थालेको छ । राजधानी समेत रहेको बागमती प्रदेशका १३ जिल्लामध्ये दुई जिल्ला अध्यक्षले मात्र ओलीले पार्टी केन्द्रीय समितिबाट गराएको निर्णयमा समर्थन जनाएका छन् । ११ जिल्लामा भने पार्टीको त्यस्तो निर्णयको कसैले खुलेर त कसैले चुपचाप लागेर भएपनि असन्तुष्टि ब्यक्त गरेको एमाले बागमती प्रदेशका एक पदाधिकारीले सफलखबर लाई बताए ।
‘ओलीका पक्षमा एमाले बागमती प्रदेशका दुई जिल्ला अध्यक्षहरु मात्र प्रष्ट रुपमा देखिनुभयो,’ ती पदाधिकारीले भने, ‘अन्य ११ जिल्ला अध्यक्षहरुको कँही न कँही पार्टी निर्णयमा असन्तुष्टि नै देखिएको छ ।’ओलीलाई जिल्ला अध्यक्षहरु तर्फ सिन्धुलीका महेन्द्र श्रेष्ठ र दोलखाका नरबहादुर श्रेष्ठले मात्रै साथ दिएका छन् । उनीहरुले पार्टीले गरेको निर्णय अब सबैले मानेर जानुको किवल्प नरहेको भन्दै अव राजनीतिमा को आउन हुने, को नहुने भन्ने विषयको च्याप्टर नै बन्द भईसकेकोले यसतर्फ बहस गर्नु नै आवश्यक नरहेको बताएका थिए ।
एमालेले भदौं तेस्रो साता काठमाडौंमा गर्न लागेको विधान अधिवेशनको पूर्वसन्ध्यामा केन्द्रीय समितिले पारित गरेको विधान र विद्या भण्डारीलाई राजनीतिमा आउन नदिने गरी सदस्यता नविकरणमै लगाएको रोकका बारेमा अहिले प्रदेश कमिटिमा छलफल चलिरहेको छ । एमालेले भदौं १० भित्र जिल्ला, प्रदेश कमिटिहरुलाई विधानका बारेमा सुझाव पठाउन निर्देशन गरेको छ । त्यही अनुसार बागमती प्रदेशको सचिवालय बैठक बसेको थियो । सचिवालयमा बहुमत सदस्यहरु समेत विद्याको पक्षमा उभिएका छन् ।
मदन भण्डारीकै परिवारलाई पार्टी राजनीतिमा आउन बन्देज लगाउने कुरा सही नभएको भन्दै ओलीको रुचीमा एमाले केन्द्रीय समितिले गरेको निर्णयमा धेरैजसो नेताहरुले असन्तुष्टि पोखेका छन् । भण्डारीका पक्षमा बागमतीका ३ जिल्ला अध्यक्षले प्रष्ट मत राखेको ती पदाधिकारीले बताए ।
‘पार्टी सस्थापन पक्ष (ओली)ले गरेको निर्णयमा बागमतीका दुई जिल्ला अध्यक्ष खुलेपनि पूर्व राष्ट्रपति भण्डारीको पक्षमा पनि तीन जिल्ला अध्यक्षले खुलेर मत राख्नुभएको छ,’ ती पदाधिकारीले सफलखबरसँग भने, ‘बाँकी जिल्ला अध्यक्षहरु कोही तटस्थ जस्तो बस्नुभयो, कोही बैठकमै अनुपस्थित हुनुभयो । तटस्थ बस्ने जिल्ला अध्यक्षहरुमा सस्थापन पक्षको दवाव जस्तो देखिन्थ्यो, त्यही भएर उहाँहरु मौन जस्तो बस्नु भयो। तर उहाँहरुको पनि पार्टी निर्णयमा चित्त नबुझेकै भाव देखिन्थ्यो । अनुपस्थित हुनेहरु त झन् यस विषयमा बोल्नुपर्छ । अहिले फेरि सस्थापन पक्षले कर्नर लगाउँला भनेरै नआएको देखियो । सारमा जिल्ला अध्यक्षहरुमा कोही खुलेर, कोही मौन बसेर त कोही अनुपस्थित भएरै भएपनि विद्या भण्डारीलाई राजनीतिमा आउन नदिने सस्थापन पक्षको निर्णयमा सहमत देखिनु भएन ।’
काठमाडौंका दीपक निरौला, रामेछापका पुरुषोत्तम कडरिया र धादिङका भूमी त्रिपाठीले भने प्रष्ट शब्दमा पूर्वराष्ट्रपति भण्डारीको पक्षमा बोलेका थिए । उनीहरुले भण्डारीलाई पार्टी सदस्यता नविकरण रोक्ने काम गरेर सस्थापनले ठिक नगरेको भनाई राखेका थिए ।काभ्रेका राजन भुर्तेल, सिन्धुपाल्चोकका होमनारायण श्रेष्ठ, रसुवाका केसाङ तामाङ, ललितपुरका पुरुषोत्तम आचार्य र चितवनका कमल पाठक भने कतै खुलेनन् । तर उनीहरुले घुमाउरो शैलीमा पार्टीले निर्णय गर्नेबेला गम्भिर भएर सोचेरै निर्णय लिनुपर्ने मत राखेका थिए । त्यस्तै, भक्तपुरका बचन देउजा, नुवाकोटका बद्री मैनाली र मकवानपुरका श्रीधर पोखरेल बैठकमै अनुपस्थित थिए ।
‘सारमा हेर्दा अनुपस्थित हुने र मौन बस्ने नेताहरुमाथी सस्थापन पक्षको चर्काे दववा देखिन्छ,सोही कारण पनि कोही मौन् बसे, कोही उपस्थिती नै भएनन, उनीहरु पार्टीले विद्या भण्डारीका बारेमा गरेको निर्णयमा खुशी भने देखिदैनन,’ ती पदाधिकारीले भने ।
विद्यालाई राष्ट्रिय गौरव एमालेले दिएको हो, रामचन्द्य्र पौडेललाई दिन्छ त ?
एमाले बागमती प्रदेशका कतिपय सचिवालय सदस्यले पार्टीले विद्या भण्डारीलाई राजनीतिमा आउन नदिन लिएको तर्क नै ठिक नभएको बताएका छन् । भण्डारी पार्टीको पूर्व उपाध्यक्ष रहेको र पार्टीकै निर्णयका आधारमा राष्टपति हुन पुगेको भन्दै उनीहरुले भण्डारीलाई दिएको राष्टिय गौरवको प्रतिक राष्टले र सवै पार्टीले नभई एमालेले एमालेकै नेता भएकोले दिएको बताएका थिए ।
एमालेले भण्डारीलाई राष्टिय गौरव सम्मान गरेकै आधारमा राजनीतिमा आउन नदिने भनी निर्णय गरेको हो भने वर्तमान राष्टपति रामचन्द्र पौडेललाई पनि राष्टिय गौरव दिन तयार हुने हो ? भन्दै केही नेताले पार्टीसँग प्रश्न समेत गरेका थिए ।
‘विद्या भण्डारी राष्ट्रको गौरव भएकाले राजनीतिमा ल्याउन नहुने निर्णय गरेका हौं’ एमाले महासचिव शंकर पोखरेलले भण्डारी राजनीतिमा आउन नहुने कारण दिँदै भन्दै आएका छन्, ‘सभामुख र राष्ट्रपतिको केस एउटै होइन, त्यसैले सभामुखहरु राजनीतिमा फर्किएको प्रसंग र पूर्वराष्ट्रपति राजनीतिमा आउने कुरा एउटै होइन ।’
तर महासचिव पोखरेलको यस्तो तर्कसँग एमालेकै नेता कार्यकर्ता सन्तुष्ट देखिएका छैनन ।
काभ्रेका कुमार तिमिल्सिनाले विद्या भण्डारीलाई ‘राष्ट्रिय गौरव’ एमालेले मात्र मानेको तर्क गरेका थिए । ‘राष्ट्र गौरव भएकाले विद्या भण्डारी राजनीतिमा आउनु हुन्न भन्ने तर्क ठीक छैन’ उनको प्रश्न थियो, ‘विद्या भण्डारीलाई कांग्रेसले राष्ट्रिय गौरव भनेर मान्छ ? रामचन्द्र पौडेललाई एमालेले राष्ट्रिय गौरव दिन्छ, यस्ता तर्क गरेर पार्टीका लागि जीवन अर्पण गरेको विद्या भण्डारीलाई बाहिर राख्न मिल्दैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ साउन २०८२, १० : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लामाका मन्त्री नियुक्त नगरे बागमतीका मुख्यमन्त्री बानियाँलाई पर्न सक्छ संकट
मुख्यमन्त्री बानियाँले साउन २७ मा विश्वासको मत लिने
बागमतीको मुख्यमन्त्रीमा इन्द्र बानियाँको दाबी पेस
बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आव्हान
मुख्यमन्त्री लामालाई पदत्याग गर्न आग्रह
बागमती प्रदेशलाई पूर्णखोप सुनिश्चितता घोषणा गरिने