काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राहदानी वितरणको अवस्थाबारे परराष्ट्र मन्त्रालय र राहदानी विभागका अधिकारीहरूसँग जानकारी लिएकी छन् ।
मन्त्रालय र विभागका अधिकारीहरूलाई आज सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाएर राहदानी वितरणका विषयमा जानकारी माग गरेको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए ।
प्रधानमन्त्री कार्कीले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललगायत अधिकारीलाई राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न निर्देशन पनि दिइन् ।
उनले राहदानी अभाव हुने अवस्था आउन नदिन तत्काल विभिन्न वैकल्पिक योजनासहित अघि बढ्न निर्देशन दिइन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ कार्तिक २०८२, २० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘जेन जेड आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन मन्त्रिपरिषदमा पेश गरिन्छ’ : प्रधानमन्त्री कार्की
‘महिलाको अर्थपूर्ण र गुणस्तरीय सहभागिता सुनिश्चित गर्न आवश्यक छ’ : प्रधानमन्त्री कार्की
जेन जि मुभमेन्ट अलाएन्सले दियो प्रधानमन्त्री कार्कीलाई धन्यवाद
प्रधानमन्त्री कार्कीलाई ‘आमा’ भन्दै बालेनको सम्बोधन
प्रधानमन्त्री कार्कीद्वारा कतारका समकक्षीसँग टेलिफोन वार्ता
प्रधानमन्त्री कार्कीद्वारा राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान