इस्लामबाद। पाकिस्तानमा सडक दुर्घटनामा १३ जनाको मृत्यु भएको छ ।
सो दुर्घटना इस्लामाबाद–लाहोर राजमार्गमा भएको हो। दुर्घटनामा ३२ जना घाइते भएका छन् । जसमध्ये १९ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
प्रहरीका अनुसार दुर्घटना के कारणले भएको हो ? भन्ने अहिलेसम्म खुल्न सकेको छैन । तर, लगातारको वर्षाका कारण बस चिप्लिएर अर्को लेनमा गएको अनुमान गरिएको छ ।
पाकिस्तानको समाचार वेबसाइट ‘एक्सप्रेस ट्रिब्यून’ का अनुसार दुर्घटना कल्ला कहर क्षेत्रमा भएको हो । सो दुर्घटना हुदाँ त्यहाँ पानी परिरहेको थियो । तीव्र गतिमा गुडेको सो बसले अर्को लेनमा गएर डिभाइडर पनि भत्काउँदै पल्टिएको थियो ।
पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने उपचारका क्रममा ८ जनाको मृत्यु भएको छ । ३२ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । जसमध्ये १९ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । प्रहरीले बस चालक र चालक विरुद्ध मुद्दा दर्ता गरेको छ ।
निजी कम्पनीको यो बसले दुर्घटना भएको रुटको इजाजत समेत नलिएएको केही सञ्चारमाध्यममा उल्लेख गरेका छन३ । यसबाहेक फिटनेस सर्टिफिकेट पनि थिएन। त्यसैले बसमा नै केही समस्या भएको अनुमान गरिएको छ ।
गत फागुनमा पनि सोही क्षेत्रमा ठूलो सडक दुर्घटना भएको थियो । त्यसपछि दुईवटा कार ठोक्किए र दुबै नजिकैको खाल्डोमा खसेका थिए । यस घटनामा १४ जनाको मृत्यु भएको थियो। उनीहरु सबै बिहे गरेर फर्केका थिए ।
प्रधानमन्त्री शाहबाज सरिफले आइतबार भएको सो दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०४ असार २०८०, ०९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा बस र ट्रक ठोक्किँदा १३ जना घाइते
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु