काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना राजनीतिक दलका विरुद्ध अभियान संचालन गर्न खोजिएको आरोप लगाएका छन् । पुराना राजनीतिक दलहरूले गरेको संघर्ष र योगदानलाई कम आँकेर त्यसले ल्याएको परिवर्तित अवस्थामा अभियान संचालन गरिएको उनको भनाइ थियो ।
काठमाडौंमा शनिबार नेपाल निजामती कर्माचारी संगठनले आयोजना गरेको दोस्रो राष्ट्रिय महिला भेलाको उद्घाटन गर्दै ओलीले पुराना दल र नेताविरुद्ध अभियान संचालन गर्न खोजिएको बताएका हुन् । विगतका शासनमा बोल्न पनि नपाइने अवस्थालाई संघर्षबाट ल्याएको उनको भनाइ थियो ।
'अहिले पुरानाहरूका विरुद्ध एउटा अभियान संचालन गर्न खोजिएको छ, योगदानका विरुद्ध अभियान संचालन गर्न खोजिएको छ, त्यागका विरुद्ध अभियान संचालन गर्न खोजिएको छ, संघर्षका विरुद्ध अभियान संचालन गर्न खोजिएको छ,' उनले भने ।
राजनीतिक संघर्षबाट ल्याएको व्यवस्थालाई बुझ्न नसकेर त्यसका विरुद्ध अभियान चलाउन खोजिएको ओलीको भनाइ थियो । 'दृढ र अनवरत संघर्ष स्वरुप आजको अवस्थामा आइपुगेका हौं । त्यो उनीहरूले बुझ्न सकेका छैनन् । सानो बलिदानबाट हामी आइपुगेका छैनौं,' उनले भने, 'यो त्यत्तिकै आएको होइन । असभ्य, अमर्यादित तरिकाको बाढी बगाउन खोजिएको छ । जुन कुराको गन्तव्य हुँदैन ।'
विगतका आन्दोलन र राजनीतिक संघर्षविरुद्ध अभियान संचालन गर्नेहरूले इतिहासलाई सम्मान गर्छौं भनेको कुरा नसुहाउँदो भएको ओलीको भनाइ थियो । उनले प्रश्न गरे, 'हामी इतिहासलाई सम्मान गर्छौं, गर्व गर्छौं भन्छौं, त्यो भनेको के ?'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ जेठ २०८०, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापा- ५ को मतपरिणाम : २३ सय गणना हुँदा केपी ओली भन्दा बालेन हजार मतले अगाडि
मध्यपूर्वमा बर्सिएका मिसाइलको धुवाँले निदाउन सकिनँ : केपी ओली
जेनजी आन्दोलनका बारेमा एकाएक किन नरम देखिए ओली ?
संसद पुनःस्थापना वा निर्वाचन अदालतले निर्वाचनअघि नै फैसला गरोस्ः अध्यक्ष ओली
जेनजी आन्दोलनपछि पहिलो पटक झापा जाँदै ओली
दिनमा कम्तीमा १० वटा स्ट्याटस लेख्न कार्यकर्तालाई ओलीको निर्देशन