एजेन्सी । भारतको ओडिशा राज्यअन्तर्गत बालासोर जिल्लानजिकै भयानक रेल दुर्घटना हुँदा २३७ जनाको मृत्यु भएको छ भने ९ सय जना घाइते भएका छन्।
बीबीसी हिन्दीका अनुसार शुक्रबार हावडा–चेन्नई कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किँदा दुर्घटना भएको हो।
अर्कोतर्फबाट आउँदै गरेको यशवंतपुर–हावडा सुपरफास्ट ट्रेन पनि त्यसमा ठोक्किएको थियो।
ओडिशाका मुख्य सचिव प्रदीप जेनाले ट्विट ग?र्दै दुर्घटनामा मृत्यु हुनेको संख्या २३३ पुगेको बताएका छन्। दुर्घटनामा झन्डै ९०० जना घाइते भएको उल्लेख गरेका छन्।
रेलमन्त्री अश्विनी वैष्णव आफै दुर्घटनास्थल गएका छन्। उनले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले मृतकका आफन्तलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन्।
यसका साथै गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरिएको छ ।
ओडिशाका मुख्य सचिव प्रदीप जेनाले रेल दुर्घटनामा घाइते भएकाहरूलाई गोपालपुरको अस्पतालमा भर्ना गरिएको बताएका छन्। यसबाहेक केही घाइतेहरूलाई बालासोरको मेडिकल कलेजमा भर्ना गरिएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २० जेठ २०८०, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्कुल बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु, २ जना घाइते
सवारी दुर्घटनामा एकजनाको मृत्यु
गुल्मीमा गाडी दुर्घटना : एक जनाको मृत्यु, ३ जना घाइते
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु