काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सुन प्रकरणमा मुछिएकोप्रति आपत्ती जनाएका छन् । बुधबार राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले आफूलाई सुन नपर्ने तर बिनाकारण झुटको खेति गर्दै भ्रम छर्ने काम भइरहेको भन्दै आपत्ती जनाए।
‘असत्य कुरा हो भन्ने जान्दा जान्दै हाकाहाकी झुट बोल्ने काम भइरहेको छ । केपी ओलीको फोटोमा सुनै सुनका फोटो हालेको छ । जबकी मैले जिन्दगीमा औंठी समेत लगाको छैन । एकपटक आमाले औंठी लगाऔं भनेको बेला दुई चार दिन मात्रै औंठी लगाए । जसले औंठीपनि लगाउँदैन । मेरो रुची औंठीमा छैन । म सानो छँदा कान छेडेर मुद्रा लगाइदिएको थिए । त्यसपछि त्यो खोलियो ,'उनले भने,' तर,अहिले मलाई बोक्न नसक्ने गरि सुन लगाइदिएको छ । सत्यको उजागर गर्नुपर्ने हो । तर, झुट, भ्रम फैलाइँदैछ । ’
ओलीले देश विचित्रको स्थितिमा पुगेको बताए । उनले भने,‘हाम्रो देशजस्तो छाडापन कहिँ देखिदैन । युटुव हेर्न एकान्तकुनामा जानुपर्ने अवस्था छ । हामी एउटा सभ्य समाजमा छौं कि विकृतितिर भाँसिदै गएको समाजमा छौं ?’
ओली प्रधानमन्त्री हुँदा मुलुकमा भ्रष्टाचार मौलाएको सत्तापक्षका सांसदले आरोप लगाएका छन्। केही दिनअघि संसद बैठकमा नेकपा माओवादी केन्द्रका एकजना सांसदले एमाले नेतृत्व सरकारका पालामा पशुपतिनाथको जलहरीमा सुन भनेर पित्तल लगाएको र यसबारे छानबिन हुनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए। पछि सभामुख देवराज घिमिरेले सो विषयमाथि छानबिन भइरहेकाले अहिले छलफल आवश्यक नभएको बताएका थिए।
पछि ती सांसदको अभिव्यक्ति संसदको रेकर्डबाट हटाइएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ जेठ २०८०, १५ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीको बठ्याँई : नेतृत्व हस्तान्तरणको मुद्दा पन्छाउन महाधिवेशनको मिति प्रस्ताव
म बिग्रिएको भए पो सप्रिनू: केपी ओली
एमाले सरकारबाट हट्यो भन्ने भ्रम नपाले हुन्छ : ओली
आफ्नो कुनै गल्ती नै नभएको ओलीको दावी : मसँग सरकार मात्र भयो, राज्य सत्ता भएन
जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए केपी ओली
सुशीलासँग पनि राष्ट्रपतिले भनेका थिए : 'अस्तित्वविहीन भएर बाँच्नुभन्दा सडकमा गएर शहीद बन्छु'