काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्व सदस्य एवं महिला, बालबालिका तथा समाजकल्याण पूर्वराज्यमन्त्री मीना पाण्डेको निधनमा तीन दिन आधा झण्डा झुकाउने भएको छ ।
कांग्रेसले मंगलबार, बुधबार र बिहीबार तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको हो । बुधबार केन्द्र तथा जिल्ला कार्यालयहरू बन्द गर्ने, १३ दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरूमा शोक पुस्तिकाहरू राख्ने र १३ औं दिनमा शोक सभाको आयोजना गर्ने निर्णय गरेको छ ।
पाण्डेको निधनमा सभापति शेरबहादुर देउवाले पनि दु:ख व्यक्त गरेका छन् ।
‘उनको निधनको खबरले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ। नेपाली कांग्रेस, नेपालको लोकतान्त्रिक आन्दोलन तथा महिला हक अधिकारका लागि उहाँले पुर्याउनु भएको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहनेछ,’ उनले भनेका छन् ।
पाण्डेको निधनले कांग्रेसले एक अनुभवी महिला नेतृत्वलाई गुमाएको पनि देउवाले बताए ।
‘उहाँको निधनबाट नेपाली कांग्रेसले एक अनुभवी महिला नेतृत्वलाई गुमाएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गर्दछु,’ देउवाले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ जेठ २०८०, २१ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
केन्द्रीय समिति बैठकका लागि काँग्रेसले तय गर्यो ८ एजेन्डा
कांग्रेस केन्द्रीय समिति बैठक आज, बिहान कार्यसम्पादन समितिको बैठक बस्दै
काँग्रेसका कृष्णप्रसाद यादवद्वारा मुख्यमन्त्रीमा दाबी पेस
कांग्रेस एमालेलाई बाहिर राखेर मधेसमा लोसपाको नेतृत्वमा नयाँ सरकार बन्ने
पूर्णबहादुर खड्काले पाए काँग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित