काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सांसदरूप्रति कटाक्ष गरेका छन्।
सरकारले सोमबार ल्याएको बजेटमा ‘संसद् विकास कोष’ ब्यूँतिएपछि बालेनले कटाक्ष गरेका हुन्।
उनले फेसबुकमा लेखेका छन्, ‘सांसद विकास कोष पाउनुभएसी बल्ल सांसदहरू वडा अध्यक्षको लेबलमा आउनुभयो। वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीयज्युहरू?’
नेपाली कांग्रेसका सांसदहरूको दबाबमा संसद् विकास कोष ब्यूँताइएकाे हाे। सोमबार सार्वजनिक भएको बजेटमा सांसद विकास कोषका लागि प्रति निर्वाचन क्षेत्र ५ करोड छुट्याइएको छ।
प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई तीन करोड र समानुपातिक सांसदलाई एक करोड बजेट विनियोजन गर्दै आएको थियो। यसको व्यापक दुरुपयाेग भएकाे पाइएपछि काेष बन्द गरिएकाे थियाे।
सांसद विकास कोषलाई निर्वाचन क्षेत्र पूर्वाधार साझेदारी कार्यक्रम भनेर पनि चिनिन्छ। यस कार्यक्रममार्फत् पाउने बजेट सांसदले आफूखुसी चलाउँदै आएका थिए।
सोमबार सार्वजनिक भएको बजेटमा सांसद विकास कोषका लागि प्रति निर्वाचन क्षेत्र ५ करोड छुट्याइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ जेठ २०८०, १० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेनलाई बतासे अण्डाको संज्ञा दिँदै ओलीले भनेः देश जलाउने शक्तिबाट चल्ला निस्किँदैन
बालेन साहको निवासमा चोरी भएको पुष्टि नभएको प्रहरीको निष्कर्ष
मण्डिखाटारस्थित बालेन शाहको घरको गेट फुटाइयो
मौनमै सीमित ‘बालेन’ को सुदूरपश्चिम यात्रा, अपेक्षित प्रभाव देखिएन
बालेन र हर्कसहित अन्य तीनजनालाई आयोगले सोध्यो स्पष्टीकरण
आज कैलाली र कञ्चनपुरमा बालेनको चुनावी अभियान