रास्वपा सभापतिमा रवि निर्विरोध चुनिएपछि मध्यराति बालेनले लेखे: ‘शुभकामना हाम्रो पार्टीलाई’

सफल खबर संवाददाता

बुधबार, १० असार २०८३, ०७ : ५०
रास्वपा सभापतिमा रवि निर्विरोध चुनिएपछि मध्यराति बालेनले लेखे: ‘शुभकामना हाम्रो पार्टीलाई’

चितवन । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट सभापति पदमा फेरि रवि लामिछाने निर्विरोध चुनिएपछि प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले मध्यराति सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका छन्।

चितवनमा जारी महाधिवेशनमा बालेनकै प्रस्तावमा मंगलबार रविले सभापति पदमा उम्मेदवारी दिएका थिए। तर यस पदमा अरू कोही नउठेपछि रास्वपाको केन्द्रीय निर्वाचन आयोगले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।

यसमा खुसी हुँदै वरिष्ठ नेता बालेनले सामाजिक सञ्जालमा आफू र रविको स्केच चित्रसहित पार्टीलाई शुभकामना दिएका हुन्। 

उनले रोमनमा लेखेका छन्,  ‘शुभकामना हाम्रो पार्टीलाई। सबै जना सफल हुनुस्। देशलाई सफल बनाउनुस्।’ 

प्रतिक्रिया दिनुहोस