वीरगञ्ज । दुई किलो चाँदीका विभिन्न गरगहनासहित एक महिला पक्राउ परेकी छन्। वीरगन्ज महानगरपालिका–४ बस्ने ५० वर्षीया उमा देवी पक्राउ परेकी हुन्।
वीरगन्ज –१६ स्थित रजत जयन्ती चोकमा प्रहरीले शंकास्पद रूपमा भारतको रक्सौलबाट आउँदै गरेकी उमालाइ चेकजाँच गरेको थियो।
चेकजाँचको क्रममा उनले बोकेको झोलाबाट प्रहरीले चाँदीबाट बनेको पाउजु ३९ जोर, औँठी ९५ पिस गरी दुई किलो सय ग्राम बरामद गरेको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक गिरिले जानकारी दिए।
बरामद चाँदीको गहनासहित उमा देवीलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको डिएसपी गिरिले बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ जेठ २०८०, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विमानस्थलबाट लागु औषधसहित एक अमेरिकी नागरिक पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ