वीरगञ्ज । दुई किलो चाँदीका विभिन्न गरगहनासहित एक महिला पक्राउ परेकी छन्। वीरगन्ज महानगरपालिका–४ बस्ने ५० वर्षीया उमा देवी पक्राउ परेकी हुन्।
वीरगन्ज –१६ स्थित रजत जयन्ती चोकमा प्रहरीले शंकास्पद रूपमा भारतको रक्सौलबाट आउँदै गरेकी उमालाइ चेकजाँच गरेको थियो।
चेकजाँचको क्रममा उनले बोकेको झोलाबाट प्रहरीले चाँदीबाट बनेको पाउजु ३९ जोर, औँठी ९५ पिस गरी दुई किलो सय ग्राम बरामद गरेको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक गिरिले जानकारी दिए।
बरामद चाँदीको गहनासहित उमा देवीलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको डिएसपी गिरिले बताए।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ जेठ २०८०, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ