काठमाडौँ । नवनियुक्त मन्त्रीको शपथ बुधबार हुने भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा बिहान १० बजे नवनियुक्त मन्त्री वीरेन्द्रप्रसाद महतोको शपथग्रहण कार्यक्रम तय गरिएको हो ।
शपथ कार्यक्रममा प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिहरुको उपस्थिति रहन्छ ।
प्रधानमन्त्री प्रचण्डको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले जसपाका महतोलाई वन तथा वातावरण मन्त्री नियुक्त गरेका थिए ।
यस्तै जसपाकै प्रमिला कुमारी शिक्षा राज्यमन्त्री नियुक्त भएकी थिइन् । उनलाई पनि प्रधानमन्त्रीले पद तथा गोपनीयतको शपथ दिलाउनेछन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० जेठ २०८०, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कहाँ छन् अन्तरिम सरकारका प्रधानमन्त्री देखि मन्त्रीका छोराछोरी ?
सचिव र मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन: सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पार्नू
नवनियुक्त चार मन्त्रीको शपथ २ बजेपछि
सुशीला कार्की नेतृत्वको सरकारमा यी हुन् अब चर्चामा रहेका तीन मन्त्री
नवनियुक्त चार मन्त्रीले लिए शपथ
नवनियुक्त मन्त्रीहरूको शपथ २ बजे