काठमाडौं।उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिले शान्ति प्रक्रियाको बाँकी कामलाई जसरी पनि पूरा गर्नुपर्ने बताएका छन् ।शनिबार प्रेस सेन्टरको उपत्यका प्रदेश समितिको साधारणसभामा बोल्दै उनले संक्रमणकालीन न्यायको कामलाई पूरा गर्दै शान्ति प्रक्रियाको बाँकी काम यो सरकारले कुनै पनि हालतमा पूरा गर्ने बताएका हुन् । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष समेत रहेका उनले शान्ति प्रक्रियाको बाँँकी काम पूरा हुन नदिन अनेक प्रयत्न भइरहेको तर पूरा गर्नैपर्ने बताए ।
‘डेढ देश बितिसक्यो । तर हामीले शान्ति प्रक्रियाको काम पूरा गर्न सकिरहेका छैनौं । संविधान जारी गरेको मात्रै कुरा गर्ने हो भने पनि ७ वर्ष बितिसक्यो । तर हामीले यो काम पूरा गरेका छैनौं’ उनले भने, ‘र, यो कामलाई पूरा हुन नदिन एउटा वा अर्को रुपमा विभिन्न प्रयत्नहरु भइराखेका छन । त्यो प्रयत्नलाई असफल पार्दै हामीले शान्ति प्रक्रियालाई समग्रतामा पूरा गर्नका लागि यो बाँकी कामलाई पूरा गर्नु छ ।’
उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्रमा केही समस्या देखिएको उल्लेख गर्दै ती समस्यालाई छिट्टै सम्बोधन गर्ने आश्वासन समेत दिए । मुलुकको अर्थतन्त्र निस्कनै नसक्ने गरी संकटमा नफसेको भन्दै उनले त्यसमा देखिएको समस्या समाधान गर्दै मुलुकको समृद्धिको यात्रालाई चलायमान बनाउन सरकारले चाहेको बताए।‘तत्कालिकरुपमा केही अप्ठ्याराहरु देखापरेका छन् । तर, अर्थतन्त्र गम्भीर संकटको चक्रब्यूहमा पसेर निस्कनै नसक्ने जस्तो गरी बुझ्नु हुँदैन । केही समस्याहरु छन्’ उनले भने, ‘त्यो समस्याहरुलाई हामीले गम्भीरतापूर्वक विश्लेषण गरिराखेका छौं । त्यसलाई सकारात्मक ढंगले सम्बोधन र समाधान हामी छिट्टै गर्नेछौं’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ बैशाख २०८०, १३ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ट्रेड युनियन अधिकार सीमित गर्ने प्रयास अस्वीकार्य’ :नारायणकाजी श्रेष्ठ
स्वार्थबाट माथि उठेर कम्युनिस्ट शक्तिहरू एकताबद्ध बन्न नारायणकाजी श्रेष्ठको आह्वान
निर्वाचन परिणामपछि आत्मसमीक्षा गर्दै पार्टी पुनर्गठन गर्न नारायणकाजी श्रेष्ठको प्रस्ताव
‘निर्वाचनको परिणामले राष्ट्रिय दिशा तय गर्नेछ’ : नारायणकाजी श्रेष्ठ
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा पदबाट राजीनामा
जेन जेड विद्रोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै चेतेनन् : नारायणकाजी श्रेष्ठ