काठमाडौं।उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिले शान्ति प्रक्रियाको बाँकी कामलाई जसरी पनि पूरा गर्नुपर्ने बताएका छन् ।शनिबार प्रेस सेन्टरको उपत्यका प्रदेश समितिको साधारणसभामा बोल्दै उनले संक्रमणकालीन न्यायको कामलाई पूरा गर्दै शान्ति प्रक्रियाको बाँकी काम यो सरकारले कुनै पनि हालतमा पूरा गर्ने बताएका हुन् । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष समेत रहेका उनले शान्ति प्रक्रियाको बाँँकी काम पूरा हुन नदिन अनेक प्रयत्न भइरहेको तर पूरा गर्नैपर्ने बताए ।
‘डेढ देश बितिसक्यो । तर हामीले शान्ति प्रक्रियाको काम पूरा गर्न सकिरहेका छैनौं । संविधान जारी गरेको मात्रै कुरा गर्ने हो भने पनि ७ वर्ष बितिसक्यो । तर हामीले यो काम पूरा गरेका छैनौं’ उनले भने, ‘र, यो कामलाई पूरा हुन नदिन एउटा वा अर्को रुपमा विभिन्न प्रयत्नहरु भइराखेका छन । त्यो प्रयत्नलाई असफल पार्दै हामीले शान्ति प्रक्रियालाई समग्रतामा पूरा गर्नका लागि यो बाँकी कामलाई पूरा गर्नु छ ।’
उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्रमा केही समस्या देखिएको उल्लेख गर्दै ती समस्यालाई छिट्टै सम्बोधन गर्ने आश्वासन समेत दिए । मुलुकको अर्थतन्त्र निस्कनै नसक्ने गरी संकटमा नफसेको भन्दै उनले त्यसमा देखिएको समस्या समाधान गर्दै मुलुकको समृद्धिको यात्रालाई चलायमान बनाउन सरकारले चाहेको बताए।‘तत्कालिकरुपमा केही अप्ठ्याराहरु देखापरेका छन् । तर, अर्थतन्त्र गम्भीर संकटको चक्रब्यूहमा पसेर निस्कनै नसक्ने जस्तो गरी बुझ्नु हुँदैन । केही समस्याहरु छन्’ उनले भने, ‘त्यो समस्याहरुलाई हामीले गम्भीरतापूर्वक विश्लेषण गरिराखेका छौं । त्यसलाई सकारात्मक ढंगले सम्बोधन र समाधान हामी छिट्टै गर्नेछौं’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ बैशाख २०८०, १३ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणकाजी श्रेष्ठको दाबी ‘९ दलसँगको एकता कम्युनिस्ट पार्टी पुनर्गठनको कोशेढुंगा हुन्छ’
माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको एकता बृहत् पुनर्गठनको दृष्टिकोणबाट गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ
देश अप्ठेरो अवस्थामा छ, देशभक्त शक्तिहरू एकताबद्ध होऔँ’ : नारायणकाजी श्रेष्ठ
फागुन २१ को चुनावपछि विशेष महाधिवेशन गरौं: नारायणकाजी श्रेष्ठ
सरकारलाई सहयोग गर्दै घोषित मितिमा चुनावका लागि एकजुट हुन् नारायणकाजी श्रेष्ठको अनुरोध
‘जेन जेडको प्रदर्शनले भ्रष्ट राजनीतिबाट देशलाई मुक्त गराउनेछ’ : नारायणकाजी श्रेष्ठ