काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा र तनहुँ जिल्ला जाँदै छन् । उनी आज बिहान त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
प्रतिनिधि सभामा गोरखाबाट निर्वाचित प्रचण्ड त्यहाँका विभिन्न कार्यक्रममा सहभागी हुने र त्यसपछि तनहुँ जाने कार्यक्रम छ ।
तनहुँमा उपनिर्वाचनका कार्यक्रम लगायतमा उनी सहभागी हुनेछन् । तनहुँको डुम्रे बजारमा आज दिउँसो चुनावी सभा आयोजना गरिएको छ । सो सभालाई सत्ता गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
उनी आज नै काठमाडौं फर्किने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ बैशाख २०८०, १० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच भेट
पर्वहरूले हाम्रो बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ बनाएका छन् : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री कार्कीले आज देउवा, ओली र प्रचण्डसँग निर्वाचनबारे छलफल गर्ने
प्रधानमन्त्रीद्वारा ‘क्रिसमस डे’ को शुभकामना
वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री
प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई