काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले धर्म, संस्कृति, पहिचान र स्वाधीनताको रक्षार्थ युवा पुस्ता हस्तक्षेपकारी भूमिकामा देखिनु पर्ने बताएका छन् । उनले नयाँ पुस्ताले भ्रष्टाचार ,कुशासन र बेथितिमा मौनता साध्ने नहुने बताए ।
पार्टी निकट युवक संगठनको विस्तारित बैठकलाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै थापाले राष्ट्रियता , प्रजातन्त्र , आर्थिक समृद्धि र सुशासनको निमित्त युवा पुस्ताले खबरदारी नगरे अथास्थितीवादी शक्ति हाबी हुने र मुलुकको ओरालो यात्रा निरन्तर जारी रहने टिप्पणी गरे ।
लाखौँ युवालाई विदेशी भूमिमा रगत पसिना बगाउन बाध्य पार्ने राज्य संयन्त्र तिनै युवाहरूले पठाइदिएको रेमिट्यान्समा लडिबुडी गरिरहेको भन्दै थापाले राज्य सञ्चालकसँग मुलुक निर्माणको कुनै नवीन नीति, योजना, कार्यक्रम नभएको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ चैत्र २०७९, २१ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकार प्रतिशोधको बाटोमा लाग्यो : कमल थापा
हार स्वीकार्दै कमल थापाले दिए रास्वपाका सस्मित पोखरेललाई बधाई
चुनावको बेला पूर्ण रूपमा यातायात बन्द गर्ने कुरा उपयुक्त होइन: कमल थापा
‘पुरानै घरमा रमाइलो अनुभूति गरिरहेको छु’ : कमल थापा
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ