काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीका सबै पुराना मान्यता र कार्यशैलीलाई विघटन गरेर पुनर्निर्माण गर्नुपर्ने बेला आएको बताएका छन् ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले कांग्रेसका पुराना मान्यता र कार्यशैली विघटन गरेर पुनर्निर्माण गर्नुपर्ने बताएका हुन् ।
‘हामीले २०४८ सालको मानसिकता र त्यतिबेलाको समाजशास्त्रको अध्ययन गरेर २०८२ सालको चुनाव लड्ने गल्ती गर्यौं,’ महरले भने, ‘जहाँ न प्रश्नपत्र मिल्यो, न उत्तर मिल्यो ।’
प्रतिनिधिसभा निर्वाचनमा काग्रेसको हारको प्रमुख कारण समयचेतमा देखिएको जडता रहेको नेता महरको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ चैत्र २०८२, १५ : २९
लेखकबाट थप