एजेन्सी।अमेरिकाको केन्टकी प्रान्तको ट्रिग काउन्टीमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा धेरैको ज्यान गएको आशङ्का गरिएको छ । केन्टकीका गभर्नर एन्डी बेशियरले यसको पुष्टि गरेका छन् । उनले यसलाई नराम्रो खबर बताउँदै यसमा मानिसहरू मारिने सम्भावना रहेको बताए ।
स्थानीय समाचार रिपोर्टमा बताइए अनुसार यो घटना स्थानीय समयानुसार २१ः३५ बजे भयो जसमा ९ जना मारिएका छन् । स्थानीय सेनाले पनि आफ्नो हेलिकप्टर दुर्घटनाग्रस्त भएको पुष्टि गरेको छ ।फोर्ट क्याम्पबेल मिलिटरी बेसका प्रवक्ताले बीबीसीलाई दिएको जानकारीमा दुई वटा एचएच६० ब्ल्याकहक हेलिकोप्टर नियमित नियमित प्रशिक्षण मिसनको क्रममा दुर्घटनाग्रस्त भएको बताए ।चालक दलका सदस्यको अवस्थाबारे कुनै जानकारी नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ चैत्र २०७९, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण
अमेरिकाको बढ्दो नेपाल चासो : लगातार उच्चस्तरीय भ्रमणको अर्थ के ?
अमेरिकाका विदेशमन्त्री रुबियो आइपुगे भारत
ट्रम्प प्रशासनद्वारा ग्रीन कार्ड प्रक्रियामा हेरफेर, अब अमेरिका छाडेर मात्र आवेदन दिन पाइने
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य