काठमाडौं । सरकारका महत्वपूर्ण मन्त्रालयहरु महिनौंदेखि खाली रहेको भए पनि सरकारले पूर्णता पाउन अझै समय लाग्ने देखिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार आज साेमबार नै सरकारले पूर्णता पाउने बताएका थिए । तर सत्ता गठबन्धनको सबै भन्दा ठूलो दल नेपाली कांग्रेसले भने मंगलबार बल्ल केन्द्रीय कार्य सम्पादन समितिको बैठक बाेलाएकाे छ । मंगलबार बिहान ९ बजे पार्टी मुख्यालय सानेपामा बस्ने गरी बाेलाइएको बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने नेताहरुको बारेमा छलफल हुने बुझिएको छ ।
प्रधानमन्त्री दाहालले सरकारमा सहभागी हुने निर्णय यसअघि नै गरेको भए पनि कसको नेतृत्वमा को-को सरकारमा सहभागी हुने भन्ने टुंगो लागेको छैन । कांग्रेसले कुन-कुन मन्त्रालय पाउने भन्ने बारेमा पनि अझै टुंगो लागिसकेको छैन । कांग्रेसले अर्थ, गृह, परराष्ट्र र रक्षालगायतका मन्त्रालयहरुमा दावी गरे पनि प्रधानमन्त्री दाहालले गृह मन्त्रालय आफ्नै पार्टीमा राख्न खोज्दा सहमति हुन नसकेको हाे ।
कार्य सम्पादन समितिको बैठकमा आगामी वैशाख १० गते तनहुँ-१, बारा-२ र चितवन-२ मा हुने उपनिर्वाचनका उम्मेदवार चयन गर्ने बारेमा पनि छलफल हुने बुझिएको छ । निर्वाचन आयोगले यहि चैत २० गते उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुपर्ने कार्यतालिका सार्वजनिक गरिसकेकाे छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ चैत्र २०७९, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पायो पूर्णता
जाँचबुझ आयोगमा रमेश लेखकको बयान : बल प्रयोगको आदेश मैले दिएको होइन
सरकार र दलका शीर्ष नेताबिचको संवादमा ‘ब्रेक थ्रु’
रास्वपाको माग : विदेशमा रहेका नेपालीलाई पनि मतदान अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह
सरकार जेन जेडबीच भएको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता
सरकार र जेन जेडबीच सम्झौतामा हस्ताक्षर हुँदै