काठमाडौं । सरकारका महत्वपूर्ण मन्त्रालयहरु महिनौंदेखि खाली रहेको भए पनि सरकारले पूर्णता पाउन अझै समय लाग्ने देखिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार आज साेमबार नै सरकारले पूर्णता पाउने बताएका थिए । तर सत्ता गठबन्धनको सबै भन्दा ठूलो दल नेपाली कांग्रेसले भने मंगलबार बल्ल केन्द्रीय कार्य सम्पादन समितिको बैठक बाेलाएकाे छ । मंगलबार बिहान ९ बजे पार्टी मुख्यालय सानेपामा बस्ने गरी बाेलाइएको बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने नेताहरुको बारेमा छलफल हुने बुझिएको छ ।
प्रधानमन्त्री दाहालले सरकारमा सहभागी हुने निर्णय यसअघि नै गरेको भए पनि कसको नेतृत्वमा को-को सरकारमा सहभागी हुने भन्ने टुंगो लागेको छैन । कांग्रेसले कुन-कुन मन्त्रालय पाउने भन्ने बारेमा पनि अझै टुंगो लागिसकेको छैन । कांग्रेसले अर्थ, गृह, परराष्ट्र र रक्षालगायतका मन्त्रालयहरुमा दावी गरे पनि प्रधानमन्त्री दाहालले गृह मन्त्रालय आफ्नै पार्टीमा राख्न खोज्दा सहमति हुन नसकेको हाे ।
कार्य सम्पादन समितिको बैठकमा आगामी वैशाख १० गते तनहुँ-१, बारा-२ र चितवन-२ मा हुने उपनिर्वाचनका उम्मेदवार चयन गर्ने बारेमा पनि छलफल हुने बुझिएको छ । निर्वाचन आयोगले यहि चैत २० गते उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुपर्ने कार्यतालिका सार्वजनिक गरिसकेकाे छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ चैत्र २०७९, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खर्च कटौतीको नारा, तर मन्त्रीका सल्लाहकारमा करोडौं खर्च
बजेट पारित भएपछि संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी, अध्यादेशमार्फत शासनको आशंका
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
रास्वपाको जिल्ला अधिवेशनमा ‘नेपाल सरकार’ को लोगो प्रयोग
आगामी वर्ष १६ खर्ब राजस्व संकलन गर्ने सरकारको लक्ष्य
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'