काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो पार्टी विधानको मस्यौदामाथि सुझाव सङ्कलनको कार्यलाई तीव्रता दिएको छ । जसपाले विधानमाथिको सुझाव पठाउन मातहत समितिलाई यही चैत १५ गतेसम्मको समय सीमा तोकेको छ । जसपाले चैत २६ गतेदेखि विधान अधिवेशन गर्ने निर्णय गरिसकेकाले विधान संशोधनको मस्यौदाबार छलफललाई तीव्रता दिइएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।
उनका अनुसार मधेस प्रदेशको कलैया, बागमती प्रदेशको काठमाडौँ, गण्डकी प्रदेशको पोखरा, सुदूरपश्चिम प्रदेशको धनगढीमा मस्यौदामाथि जसपा नेपालले शनिबार छलफल गरेको छ ।
लुम्बिनी प्रदेशले सोमबार र कोशी प्रदेशले चैत १७ गते विधानमाथि सुझाव सङ्कलनका लागि प्रदेशस्तरीय अन्तक्र्रिया कार्यक्रम गर्ने भएका छन् । प्रदेशस्तरीय कार्यक्रममा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, सङ्घीय परिषद् सदस्य, प्रदेश समितिका पदाधिकारी, सदस्य र प्रदेशस्तरीय भ्रातृ सङ्गठनका पदाधिकारी सहभागी हुने गरेका छन् ।
यसैगरी ट्रेड युनियन महासङ्घले आज, चैत १३ गते भ्रातृसङ्गठन, बौद्धिक पेसाकर्मी महासङ्घले १४ गते काठमाडौँमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने सो पार्टीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ चैत्र २०७९, १६ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालको कोशी र मधेश प्रदेश समितिमा नयाँ नेतृत्व
उपेन्द्र नेतृत्वको जसपाले विचार मिल्ने दलसँग एकता र जेनजीसँग सहकार्य गर्ने
यथास्थितिमा हुने निर्वाचनले जेन जेडको मागको सम्बोधन नगर्ने भन्दै संविधान पुनर्लेखन गर्न जसपाको माग
प्रधानमन्त्रीलाई जसपाको तीन दिने अल्टिमेटम, मन्त्री नफेरे आफै फिर्ता बोलाउने चेतावनी
आजबाट देशभर सहर केन्द्रित आन्दोलनमा जसपा
जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता