काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो पार्टी विधानको मस्यौदामाथि सुझाव सङ्कलनको कार्यलाई तीव्रता दिएको छ । जसपाले विधानमाथिको सुझाव पठाउन मातहत समितिलाई यही चैत १५ गतेसम्मको समय सीमा तोकेको छ । जसपाले चैत २६ गतेदेखि विधान अधिवेशन गर्ने निर्णय गरिसकेकाले विधान संशोधनको मस्यौदाबार छलफललाई तीव्रता दिइएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।
उनका अनुसार मधेस प्रदेशको कलैया, बागमती प्रदेशको काठमाडौँ, गण्डकी प्रदेशको पोखरा, सुदूरपश्चिम प्रदेशको धनगढीमा मस्यौदामाथि जसपा नेपालले शनिबार छलफल गरेको छ ।
लुम्बिनी प्रदेशले सोमबार र कोशी प्रदेशले चैत १७ गते विधानमाथि सुझाव सङ्कलनका लागि प्रदेशस्तरीय अन्तक्र्रिया कार्यक्रम गर्ने भएका छन् । प्रदेशस्तरीय कार्यक्रममा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, सङ्घीय परिषद् सदस्य, प्रदेश समितिका पदाधिकारी, सदस्य र प्रदेशस्तरीय भ्रातृ सङ्गठनका पदाधिकारी सहभागी हुने गरेका छन् ।
यसैगरी ट्रेड युनियन महासङ्घले आज, चैत १३ गते भ्रातृसङ्गठन, बौद्धिक पेसाकर्मी महासङ्घले १४ गते काठमाडौँमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने सो पार्टीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ चैत्र २०७९, १६ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै