काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले विधानको मस्यौदामाथि सुझाव संकलनको कार्यलाई तिव्रता दिएको छ । जसपाले प्रदेशस्तरीय अन्तरक्रिया र छलफलका कार्यक्रमहरु गरेर सुझाव संकलन गरिरहेको छ ।
शनिबार मधेस प्रदेशको कलैया, बागमती प्रदेशको काठमाण्डौ, गण्डकी प्रदेशको पोखरा, सुदुरपश्चिम प्रदेशको धनगढीमा मस्यौदामाथिको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका छन् ।
लुम्बिनी प्रदेशले चैत्र १३ गते र कोशी प्रदेशले चैत्र १७ गते विधानमाथि सुझाव संकलनका लागि प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम गर्ने भएका छन् । प्रदेशस्तरीय कार्यक्रममा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरु, संघीय परिषद् सदस्यहरु, प्रदेश समितिका पदाधिकारी, सदस्यहरु र प्रदेशस्तरीय भ्रातृसंगठनका पदाधिकारीहरु सहभागि हुने गरेका छन् ।
भ्रातृसंगठनहरुको चैत्र १३ गते काठमाण्डौमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । ट्रेड युनियन महासंघले १२ गते, बौद्धिक पेसाकर्मी महासंघले १४ गते विधानको मस्यौदामाथि सुझाव पेस गर्ने गरी अन्तरक्रिया र छलफलको कार्यक्रम तय गरेका छन् । जसपाले विधानमाथिको सुझाव पठाउन मातहत समितिलाई चैत्र १५ गतेसम्मको समय सीमा तोकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ चैत्र २०७९, ०८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै