काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले विधानको मस्यौदामाथि सुझाव संकलनको कार्यलाई तिव्रता दिएको छ । जसपाले प्रदेशस्तरीय अन्तरक्रिया र छलफलका कार्यक्रमहरु गरेर सुझाव संकलन गरिरहेको छ ।
शनिबार मधेस प्रदेशको कलैया, बागमती प्रदेशको काठमाण्डौ, गण्डकी प्रदेशको पोखरा, सुदुरपश्चिम प्रदेशको धनगढीमा मस्यौदामाथिको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका छन् ।
लुम्बिनी प्रदेशले चैत्र १३ गते र कोशी प्रदेशले चैत्र १७ गते विधानमाथि सुझाव संकलनका लागि प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम गर्ने भएका छन् । प्रदेशस्तरीय कार्यक्रममा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरु, संघीय परिषद् सदस्यहरु, प्रदेश समितिका पदाधिकारी, सदस्यहरु र प्रदेशस्तरीय भ्रातृसंगठनका पदाधिकारीहरु सहभागि हुने गरेका छन् ।
भ्रातृसंगठनहरुको चैत्र १३ गते काठमाण्डौमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । ट्रेड युनियन महासंघले १२ गते, बौद्धिक पेसाकर्मी महासंघले १४ गते विधानको मस्यौदामाथि सुझाव पेस गर्ने गरी अन्तरक्रिया र छलफलको कार्यक्रम तय गरेका छन् । जसपाले विधानमाथिको सुझाव पठाउन मातहत समितिलाई चैत्र १५ गतेसम्मको समय सीमा तोकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ चैत्र २०७९, ०८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीलाई जसपाको तीन दिने अल्टिमेटम, मन्त्री नफेरे आफै फिर्ता बोलाउने चेतावनी
आजबाट देशभर सहर केन्द्रित आन्दोलनमा जसपा
जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता
एसपीलाई गालीगलौज गर्ने जसपा नेता यादव विरुद्ध पक्राउ पुर्जी जारी
जसपाद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको संकेत