काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा साम्प्रदायिकताको कुनै स्थान नभएको बताएका छन ।
शनिबार काठमाडौंमा आयोजित पार्टी निकट जनवर्गीय संगठन रिटर्नी फेडेरेशन नेपालको प्रथम अधिवेशन उद्घाटन गर्दै उनले कुनै पनि समस्या समाधान नहुने भएकाले मुलुकमा साम्प्रदायिकताको नारा लगाउनुको कुनै अर्थ नरहेको बताए ।
अध्यक्ष ओलीले विदेशमा काम गरेर फर्केकाहरुले बनाएको संगठन रिटर्नी फेडेरेशनका नेतृत्वले उनीहरुको समस्या समाधानका लागि मिलेर काम गर्नुपर्ने बताए ।
विदेशमा बसेर फर्केकाहरुले केही ज्ञान, केही सिप, केही संकल्प र अठोट लिएर आएको हुने भन्दै उनले त्यसलाई मुलुक निर्माणको काममा लगाउनका लागि रिटर्नी फेडेरेशनको नेतृत्वलाई निर्देशन दिए।
अध्यक्ष ओलीले नेपाल बसोबासको हिसावले स्वर्ग भएको उल्लेख गर्दै यही केही गर्न सकिन्छ भन्ने भावनाका साथ विदेशबाट फर्किएकाहरुले यहि काम गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष ओलीले विदेशबाट फर्केकाहरुको समस्या समाधानका लागि सामूहिक प्रयासको आवश्यकता रहेको पनि औंल्याए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ चैत्र २०७९, १२ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शंकर पोखरेल र विष्णु पौडेल ‘लोभीपापी’ भए : केपी ओली
केपी ओलीको बोलीले फेरि एमालेमा छटपटी
केपी ओलीको सचिवालय प्रमुखमा निरुदेवी पाल
पार्टीभित्रै तीन तहको दबाबमा ओली, दुई दिन पछि धकेलियो सचिवालय बैठक
‘सबैको अन्तरमनमा करुणाको दीप बलोस्’ : केपी ओली
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता