काठमाडौं । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दैछ ।
बैशाख १० गते हुने उपनिर्वाचनसहित सरकारमा सहभागिताका बारेमा छलफल गर्नका लागि जसपाको कार्यकारिणी समितिको बैठक बस्न लागेको हो । बैठक वालकुमारीस्थित केन्द्रिय कार्यालयमा बस्नेछ ।
मुख्यतः बारा–२ को रिक्त स्थानमा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने चर्चा चलिरहेको बेला कार्यकारिणी समितिको बैठक बस्न लागेको हो ।
बारा–२ का प्रतिनिधिसभा सदस्य रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भए पछि रिक्त सो निर्वाचन क्षेत्रमा अध्यक्ष यादवले उम्मेदवारीको तयारी गरेका हुन ।
निर्वाचन आयोगले उपनिर्वाचनका लागि आज देखी राजनीतिक दल दर्ताका लागि आब्हान गरेको छ । सो बारेमा पनि छलफल हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ चैत्र २०७९, ०७ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै