काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले भ्रष्टाचार मौलाएको टिप्पणी गरेका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड नेतृत्वको सरकार बनेपछि देशमा भ्रष्टाचार अझ मौलाएको बताएका हुन् । विकास निर्माण आयोजनाहरु समेत रोकिएको ओलीले बताए ।
‘अहिले विकास निर्माणको गति आउँदैन । रोकिएका आयोजनाहरु दुर्तगतिमा अघि बढ्दैनन् । बाध्यताबस ठेक्का लागेका आयोजनाहरु टुलुटुलु हेर्नुहुन्छ’ ओलीले भने, ‘कसैको प्रमोशनको कुरा आयो भने फलानो केपी ओलीको मान्छे रहेछ भन्नुहुन्छ रोक्नुहुन्छ । यसरी पाँच सात पुस्तासम्म यस्तै गर्ने देखियो । उहाँको सम्बन्ध उहाँसँग् उहाँको सम्बन्ध अर्कोसँग उहाँको सम्बन्ध केपी ओलीसँग भन्ने अहिले पनि छ ।उहाँको मानसिकता नातावाद, कृपावाद, आफन्तवाद र एमाले विरोधी हुनुपर्ने छ ।’
प्रचण्डको नीति राष्ट्रिय शक्ति र प्रगतिशील शक्तिलाई कमजोर पार्ने रहेको ओलीले बताए । वैदेशिक सम्बन्ध असन्तुलन मात्रै हाइन अविश्वसनीय भएको ओलीले बताए । प्रधानमन्त्रीलाई स्वार्थ भएका दलले मात्रै मत दिने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ चैत्र २०७९, १३ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि मतदान सुरु
जेनजी आन्दोलनबारे ओलीको ब्याख्यामा पार्टीभित्रै सशक्त प्रतिवाद
मलाई पक्राउ गर्नपर्यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली
मुख्यमन्त्री यादवविरुद्धको रिटमा सर्वोच्चकाे आदेश संविधान विपरीत : केपी ओली
दुई साताभित्रै ओली-लेखकसँग बयान लिने जाँचबुझ आयोगको तयारी
माधव नेपाल र भीम रावलको अवस्था देखाउँदै ओलीको घुमाउरो चेतावनी : 'आफुसँग प्रतिस्पर्धा गरे उनिहरुकै हालत'