काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघ तथा प्रदेशका सांसदहरूलाई शीतलनिवास बोलाएका छन्।
शनिबार बिहान राष्ट्रपति पौडेलले देशभरबाट काठमाडौं आएका सांसदहरूलाई चियापानका लागि शीतल निवास बोलाएका हुन्।
शुक्रबार सम्पन्न भएको उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न आएका प्रदेश सांसदसहित संघीय सांसदहरूलाई राष्ट्रपति पौडेलले बिहान ९ बजे शीतल निवास बोलाएको उनको सचिवालयले जानकारी दिएको छ।
राष्ट्रपतिमा निर्वाचित भए पछि पौडेलले पहिलो पटक सामूहिक रूपमा सांसदहरूलाई भेटघाट गर्न लागेका हुन्। पौडेल गत २५ फागुनमा भएको निर्वाचन प्रक्रियामार्फत राष्ट्रपति निर्वाचित भएका थिए।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ चैत्र २०७९, ०८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपतिले किन भेटिरहेका छन् तारान्तार कांग्रेस नेताहरु ?
राज्य एकीकरणमा पूर्वजको महत्त्वपूर्ण योगदान : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलसँग अमेरिकाका राजदूत थम्पसनको बिदाई भेट
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन पेस
ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हाम्रा प्रेरणाका पुञ्ज हुन्: राष्ट्रपति पौडेल
‘क्रिसमस डे’ले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने राष्ट्रपतिकाे विश्वास