काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघ तथा प्रदेशका सांसदहरूलाई शीतलनिवास बोलाएका छन्।
शनिबार बिहान राष्ट्रपति पौडेलले देशभरबाट काठमाडौं आएका सांसदहरूलाई चियापानका लागि शीतल निवास बोलाएका हुन्।
शुक्रबार सम्पन्न भएको उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न आएका प्रदेश सांसदसहित संघीय सांसदहरूलाई राष्ट्रपति पौडेलले बिहान ९ बजे शीतल निवास बोलाएको उनको सचिवालयले जानकारी दिएको छ।
राष्ट्रपतिमा निर्वाचित भए पछि पौडेलले पहिलो पटक सामूहिक रूपमा सांसदहरूलाई भेटघाट गर्न लागेका हुन्। पौडेल गत २५ फागुनमा भएको निर्वाचन प्रक्रियामार्फत राष्ट्रपति निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ चैत्र २०७९, ०८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले गरे बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा नियुक्त
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल
समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै, आजै राष्ट्रपतिलाई प्रतिवेदन बुझाइने
राष्ट्रपति र उपराष्ट्रपति मतदानमा सहभागी भएनन्
निर्वाचनअघि प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता